बन्द गराउदै हिँडेका पूर्व मन्त्री झाको टाउकोमा प्रहरीको लाठी, जनकपुरधाममा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप

जनकपुर । आज बिहिवार घोषित आम हड्ताल सफल पार्न उत्रिएका नेपाल कम्युनिस्ट पार्टी ( नेकपा प्रचण्ड माधव समुह ) का नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरधाममा झडप भएको छ ।

झडपमा प्रहरीको लाठी लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउको फुटेको छ । बन्दकारीले गाडीमा तोडफोड गर्न थाले पछि प्रहरीले बल प्रयोग गरेको थियो ।

टाउकोबाट रगत बग्न थालेपछि झालाई कार्यकर्ताहरुले लगेका थिए ।
केही आन्दोलनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..