आम नागरिकका भावनाको उच्च सम्मान गर्दै सेवा प्रवाह गर्नु : प्रहरी नायव महानिरीक्षक सिंह

जनकपुरधाम । २ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) धिरज प्रताप सिंहले आज ईलाका प्रहरी कार्यालय सबैला र ईलाका प्रहरी कार्यालय यदुकुहाको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायीक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।

ईलाका प्रहरी कार्यालय यदुकुहा

२ नम्बर प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालयहरुबाट सम्पादन हुने विभिन्न गतिविधिहरुको निरीक्षण एवं अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुष्त दुरुष्त एवं जनलक्षित बनाउन उक्त निरीक्षण कार्यक्रम सम्पन्न भएको हो ।

ईलाका प्रहरी कार्यालय सबैला

निरीक्षणको शिलसिलामा ईलाका प्रहरी कार्यलय सबैला र यदुकुहा पुग्नु भएका प्रहरी नायव महानिरिक्षक सिंहले ईलाकामा कार्यरत प्रहरी कर्मचारीहरु, कार्यालयका विभिन्ना शाखाहरु, मेस, ब्यारेक लगायत अन्य स्रोत साधनहरुको निरीक्षण गर्नु भएको थियो ।

त्यसतै ईलाका प्रहरी कार्यालय सबैला र यदुकुहाका प्रहरी प्रमुखले प्रहरी नायव महानिरीक्षक सिंह समक्ष ईलाकाको शान्ति सुरक्षाको वर्तमान अवस्था, अपराधिक अवस्था लगायत कोरोना भाइरस संक्रमण फैलन नदिन ईलाका अन्तर्गत प्रहरीले गरिरहेका विविध गतिविधिहरुका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक सिंहले प्रत्येक प्रहरी कर्मचारीहरुले आम नागरिकका भावनाको उच्च सम्मान गर्दै आचरणयुक्त साथै उच्च प्रहरी व्यवसायीकता झल्किने गरी जनमुखी प्रहरी सेवा प्रदान गर्नु आजको प्रमुख आवश्यकता भएको बताउँदै व्यवसायीक कार्य दक्षतापूर्ण प्रहरी जनशक्तिबाट मात्रै प्रहरी संगठनको उद्देश्य हासिल हुने कुरा बताउनुभयो ।

त्यस्तै विश्वभर कोरोना भाइरस सङ्क्रमणको जोखिम बढिरहेकाले प्रहरी कर्मचारीहरु पनि सावधानीका लागि अपनाउनु पर्ने सुरक्षाका विधिहरु अनिवार्य रुपमा अपनाई आफू सुरक्षित भई आम नागरिकहरुलाई समेत यसको संक्रमणबाट बचाउन हरसम्भव लाग्नुपर्ने बताउँदै ईलाकामा यस रोगको संक्रमण फैलन नदिन सरोकारवाला निकायहरुसंग आवश्यक समन्वय गर्दै प्रभावकारी रुपमा काम गर्न गराउन समेत निर्देशन दिनुभएको छ ।

साथै उक्त निरीक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाट , २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाइ समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..