लागुऔषध कारोबारी विरुद्ध एसपी चतुर्बेदीको ‘स्टिङ अप्रेसन’ १९ ग्राम ब्राउनसुगर सहित एक पक्राउ

कञ्चनपुर । लागुऔषधबाट जिल्लामा शान्ति सुरक्षाको अवस्था बिग्रन नदिन कञ्चनपुर प्रहरीले ‘स्टिङ अप्रेसन’ शुरु गरेको छ ।

‘स्टिङ अप्रेसन’ अन्तर्गत कञ्चनपुर प्रहरीले ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेका छन्। मंगलबार साँझ प्रहरीले बेलौरी नगरपालिका-७ बाट ४५ वर्षीय प्रभुराम चौधरीलाई पक्राउ गरेको हो ।

उनको साथबाट करिब १९ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको प्रहरी उपरीक्षक ( एसपी ) उमाप्रसाद चतुर्वेदीले बताए। उनी लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न व्यक्ति रहेको चतुर्वेदीले बताए।

यसघि आइतबार प्रहरीले १४ ग्राम ब्राउनसुगरसहित अर्का एक जनालाई पक्राउ गरेको थियो। सीमावर्ती भारतीय बजारसँग सीधै जोडिने सहायक मार्ग प्रयोग गर्दै आएका लागुऔषध कारोबारीहरूमाथि कडा निगरानी गर्न थालेपछि धमाधम कारोबारी पक्राउ पर्न थालेका एसपी चतुर्बेदीले बताए ।

भारतीय खुला सीमाको फाइदा उठाउँदै कारोबारीहरूले कडा खालका लागुऔषध अन्यत्रबाट मगाएर सीमा पारी पुर्‍याउने र उताबाट भरिया युवामार्फत् सिरिञ्ज प्रयोग गर्ने र खाने लागुऔषध भिœयाउने गरेको आशंका गरिएको छ । सीमावर्ती क्षेत्रमा पर्ने जिल्लाका विभिन्न ठाउँबाट पक्राउ पर्ने युवा, उनीहरूबाट बरामद लागुऔषध र पूर्वपश्चिम सडक क्षेत्रका स्थानबाट कडा खालका लागुऔषधसहित कारोबारी पक्राउ पर्नुले पनि त्यसैको पुष्टि गर्ने एक पूर्वलागुऔषध दुव्र्यसनीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

वितरक र कारोबारी निशानामा

कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जिल्लाका लागुऔषध वितरक र कारोबारीलाई मुख्य निशाना बनाएर विशेष कार्ययोजनासहित लागुऔषधविरुद्ध अभियान चलाइएको बताए । ‘भारतीय सीमासँग जोडिएका जिल्लाका नाकामा विशेष निगरानी र चेकजाँच बढाएपछि लागुऔषध कारोबारी र वितरक पक्राउ पर्न थालेका छन्,’ उनले भने, ‘कतिपयलाई घरमै लुकाएर राखेको लागुऔषधसहित पक्राउ गरी कारबाही चलाउन सफल भएका छौँ ।’ प्रहरीको लागुऔषधविरुद्धको अभियानमा नागरिक समाज, बुद्धिजीवी, सामाजिक अभियानकर्मीलगायत सबैको सहकार्यको अपेक्षा गरिएको एसपी चतुर्वेदीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी..