कामचलाउ सरकारको निर्णयले दुवै आइजिपीलाई तनाव

काठमाडौं । सरकारले हालै स्वीकृत गरेको बिशिष्ट व्यक्तिको सुरक्षासम्बन्धि कार्यविधिले प्रहरीमा हंगामा मच्चिएको छ । प्रहरी महानिरीक्षक बाहेक कुनै पनि पूर्व प्रहरी अधिकारीलाई सुरक्षा नदिने प्रावधान कार्यविधिमा राखिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा यसले तरंग उत्पन्न गरेको छ ।

कार्यविधिअनुसार अब पूर्व प्रहरी अधिकारीले प्रयोग गर्दै आएका प्रहरी फिर्ता बोलाउनुपर्छ । कार्यविधिअनुसार आफ्नै पूर्व हाकिमलाई चिढ्याएर हालका प्रहरी प्रमुखले त्यसरी सुरक्षाकर्मी फिर्ता बोलाउन सक्लान् ?

नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्व डिआइजीसम्मले सुरक्षाकर्मी प्रयोग गर्दै आएका छन् । कतिपयले चालकका रुपमा त कतिपयले घरमा सहयोगीका रुपमा छ । दुवै सुरक्षा निकायमा गरेर पाँच सय भन्दा धेरै प्रहरी पूर्व हाकिमको घरमा छन् । उनीहरुलाई फर्काउन सके सुरक्षामा सहयोग पुग्ने देखिन्छ । कार्यविधिले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई तनाव बढेको छ ।

कार्यविधिअनुसार पूर्व प्रहरी महानिरीक्षकले पनि चार वर्षसम्म मात्र सुरक्षाकर्मी पाउनेछन् । जसअनुसार तीन जना बाहेक सबै पूर्व प्रहरी प्रमुखको घरबाट सुरक्षाकर्मी फिर्ता बोलाउनुपर्ने हुन्छ । पूर्व प्रहरी प्रमुखले समेत सुरक्षा नपाउने यस्तो निर्णयको प्रहरीमा आलोचना समेत भइरहेको छ । यस्तो अवस्था यो कार्यान्वायन हुनेमा भने आशका गरिएको छ ।

उता सशस्त्रका महानिरीक्षक खनाल पछिल्लो समय प्रधानमन्त्री ओली निकटस्थलको चाकडीमा लागेको चर्चा संगठनमा छ । विगतमा प्रचण्ड निकट रहेका उनी अहिले पार्टी विभाजनसँगै तनावमा परेका छन् । एआइजी पुष्पराम केसीको प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालसँग निकट सम्बन्ध भएकाले सशस्त्र प्रहरी नियमावली संशोधन गरी महानिरीक्षकको पदावधि तीन वर्ष बनाएर आफुलाई हटाउन सक्ने चिन्ता खनाललाई छ । दृष्टिबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..