एक्सनमा एसपी रानाभाट : चोरी गर्ने गिरोह नै पक्राउ

सिरहा । धनुषा प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि धनुषा प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिराहाको बिष्णुपुर गाउँपालिका–२ का २१ वर्षीय प्रमोदकुमार यादव, २२ वर्षीय मनोजकुमार यादव, सोही गाउँपालिकाको वडा नम्बर ३ बस्ने २१ वर्षीय रोहितकुमार यादव, २३ वर्षीय जितेन्द्रकुमार यादव र धनुषाको सबैला नगरपालिका–४ बस्ने २० वर्षीय अमरेन्दकुमार यादव छन् ।

जितेन्द्र बाहेकका चारैजना सर्वसाधारणको मोटरसाइकल चोर्ने र जितेन्द्रले भने चोरीको मोटरसाइकल किन्ने गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले बताए ।

शनिबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर – ५ सखुवा बजारबाट दिउँसो सशस्त्र प्रहरी जवान मिथिलेश यादवको ज ८ प ८७७५ नम्बरको अपाची मोटरसाइकल क्षिरेश्वरनाथ नगरपालिका–५ बाट चोरी भएको थियो । त्यसको खोजीमा जुटेका धनुषा प्रहरीले मोटरसाइकल चोर गरोहलाई नै पक्राउ गरेको हो ।

उक्त चोरीको मोटरसाइकलसहित प्रहरीले रोहितलाई क्षिरेश्वरनाथ नगरपालिका–९ स्थित जलाद खोला हुँदै जाने क्रममा पक्राउ गरेपछि उनले अन्य ३ वटा मोटरसाइकल पनि आफूले नै चोरी गरेको स्वीकारेका थिए ।

रोहितकै बयानका आधारमा ज १२ प ६११८ नम्बरको २ सय सीसीको पल्सर, स ७ प ५२०३ नम्बरको डिस्कभर र को ३२ प ७६४ नम्बरकमे स्प्लेन्डर मोटरसाइकल प्रहरीले बरामद गरेको छ । रोहितले चोरी गरेको अन्य तीन पटा मोटरसाइकल उनकै डेरा क्षिरेश्वरनाथ नगरपालिका–५ बाट प्रहरीले बरामद गरेको हो । उनको डेराबाट मोटरसाइकल चोरीमा प्रयोग हुने उपकरणसमेत बरामद भएको एसपी रानाभाटले बताए ।

अनुसन्धानको क्रममा प्रमोद र अमरेन्द्रको साथबाट स ४ प ५७४६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल बरामद भएको उनले जानकारी दिए। यस्तै क्षिरेश्वरनाथ नगरपालिकाबाटै चोरी भएको ना ३९ प ६३८२ नम्बरको मोटरसाइकलसहित मनोजलाई पक्राउ गरिएको छ भने यो मोटरसाइकल किन्ने जितेन्द्रलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..