झापाको भुटानिबाट खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

झापा । झापा जिल्लाको दमक-३ स्थित भुटानी शरणार्थी शिविरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ईलाम चुलाचुली-३ का ३८ बर्षीय यम बहादुर थाम्सुहाङ रहेका छन । थाम्सुहाङले शिविर भित्र प्रवेश गरी ब्राउनसुगर बेचबिखन गर्ने गरेको विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनलाई १ ग्राम ८५० मिलिग्राम ब्राउनसुगर र नगद १९ हजार २५ रुपैया सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसै गरी ईलाका प्रहरी कार्यालय दमकबाटै खटिएको प्रहरी टोलीले दमक-५ अनाम टोल स्थितबाट खैरोहिरोईन ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-१ का २६ बर्षीय गगन लिम्वु योङया रहेका छन । उनलाई ३ ग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।

यसरी शनिवार लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईऐको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..