नेपाल प्रहरीका ४९ इन्सपेक्टरको डिएसपीमा बढुवा हुँदै

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीका ४९ इन्सपेक्टरको डिएसपीमा बढुवाको तयारी थालेको छ । एसपी बढुवा सिफारिसमा उजुरी गर्ने अवधि सकिन लागेपछि डिएसपीमा बढुवा गर्न लागिएको हो ।


डिएसपीका ४९ रिक्त पदमा एक सय भन्दा धेरै इन्सपेक्टरहरु प्रतिस्पर्धामा छन् । जसमा धेरैजसो अघिल्लो बढुवामै छुटेकाहरु छन् ।
लगत्तै इन्सपेक्टरमा समेत बढुवाको तयारी भइरहेको छ । सइबाट इन्सपेक्टर बढुवामा सबैभन्दा धेरै सोर्सफोर्स चल्ने गर्दछ । खासगरी नेताको पिएसओ बसेका सइहरुले यस्तो चलखेल गर्दछन् ।

प्रहरी प्रधान कार्यालयले डिएसपीहरुको सरुवाको तयारी पनि थालेको छ । हाल इन्चार्ज रहेका डिएसपीहरु बढुवा हुने भएपछि रिक्त स्थानमा नयाँ इन्चार्जहरु पठाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..