नेपाल प्रहरीका ४९ इन्सपेक्टरको डिएसपीमा बढुवा हुँदै

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीका ४९ इन्सपेक्टरको डिएसपीमा बढुवाको तयारी थालेको छ । एसपी बढुवा सिफारिसमा उजुरी गर्ने अवधि सकिन लागेपछि डिएसपीमा बढुवा गर्न लागिएको हो ।


डिएसपीका ४९ रिक्त पदमा एक सय भन्दा धेरै इन्सपेक्टरहरु प्रतिस्पर्धामा छन् । जसमा धेरैजसो अघिल्लो बढुवामै छुटेकाहरु छन् ।
लगत्तै इन्सपेक्टरमा समेत बढुवाको तयारी भइरहेको छ । सइबाट इन्सपेक्टर बढुवामा सबैभन्दा धेरै सोर्सफोर्स चल्ने गर्दछ । खासगरी नेताको पिएसओ बसेका सइहरुले यस्तो चलखेल गर्दछन् ।

प्रहरी प्रधान कार्यालयले डिएसपीहरुको सरुवाको तयारी पनि थालेको छ । हाल इन्चार्ज रहेका डिएसपीहरु बढुवा हुने भएपछि रिक्त स्थानमा नयाँ इन्चार्जहरु पठाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..