समावेशी ग्रामीण विकास परियोजनाद्वारा कृषि यन्त्र हस्तान्तरण

  • उमेश बि.क

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं.९ स्वाठीमा कृषि यन्त्र हस्तान्तरण गरिएको छ ।

स्वाठी कृषि सहकारी संस्थाकाे अध्यक्ष वीर बहादुर थापाकाे अध्यक्षता तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा भरतकाे प्रमुख अातिथ्यतामा कृषि यन्त्र हस्तान्तरण गरिएको हाे।

काेइकाकाे अार्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम् सहमतिकाे अायाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल परियोजनाबाट कम्वाइन हार्वेस्टर १ थान ,ट्रयाक्टर १ थान,ल्यान्ड लेजर लेवलर १ थान,पाेटेटाे हार्वेस्टर १ थान ,पाेटेटाे पल्लान्टर १ थान,हेय्याप्पि सिडर १ थान,राेटाभेटर १ थान तथा राेटाभेटर गरि कुल ६६ लाख ५० हजार ९५ रुपैयाँ पचिस पैसा बराबरको कृषि यन्त्र स्वाठि कृषि सहकारी संस्थालाई हस्तान्तरण गरिएको हाे ।

कृषि यन्त्र हस्तान्तरण गर्दै नगर प्रमुख थापाले कृषि उत्पादनमा बृद्धि हुदै कृषकहरुकाे जीवन उन्नति प्रगतिकाे शुभकामना दिनुभएको हाे।उपलव्ध गराएका औजार र उपकरणको सदुपयोग गरी कृषि उत्पादकत्वमा बृद्धि गरिनु पर्ने बताउदै नगरबाट चाहिने सहयोग र साथकाे लागि प्रतिब्द्धता ब्यक्त गर्नुभएको हाे।

कृषि यन्त्र हस्तान्तरण कार्यक्रममा सुनवल नगरपालिका वडा नं.९ वडा अध्यक्ष कन्हैया थारु,सहमतिकाे अध्यक्ष करुणा सागर सुवेदी,गुड नेवर्स इन्टरनेसनल नेपालकाे टिम लिडर लाेक बहादुर थारु,नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष हरि शर्मा ,जिविकाेपार्जन बिज्ञ सुनिल दुलाल,ब्यवस्थापक पुनम जैसवाल , सहकारीकाे सदस्य टंक कुवर लगाएतले कृषि यन्त्र राम्रोसँग सदुपयोग गरि आर्थिक उन्नति र कृषि विकास गर्न सुझाव सहित शुभकामना ब्यक्त गर्नुभएको थियाे।

समावेशी ग्रामीण विकास परियोजना नवलपरासी पश्चिम र नवलपरासी पुर्वमा २ वटा नगरपालिका , ४ वटा गाउँपालिका र १३ वडामा सन्चालित रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..