मेयर शाहद्वारा नागरिक आरोग्य सेवा केन्द्को उद्घाटन


कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ मा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर नगरपालिका प्रमुख मेयर रजत प्रताप शाह द्वारा उद्घाटन गरिएको छ ।

कृष्णनगर नगरपालिकाको आयोजना र मुख्यमंत्री ग्रमीण विकास तथा रोजगार कार्यक्रमको सहयोग तथा मेयर रजत प्रताप शाह को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्वागत डा. नागेश्वर प्रसाद मिश्र ले गर्नुभयो भने कार्यक्रमको बारेमा कविराज निरिक्षक हरिलाल उपाध्याय ले प्रकाश पार्नुभयो।

कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले नागरिक आरोग्य सेवा केन्द्रको सेवा आजबाट सुरू हुने र सबैलाई निरोगी र स्वास्थ्य बनाउने उद्देश्यका साथ सेवा सुरू भएको बताउदै नमुना नागरिक आरोग्य सेवा केन्द्र बनाउन समेत आफूहरु पहल गर्ने बताउनुभयो ।रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत आयुर्वेद औषधि कारगर रहेको बताउदै नागरिक आरोग्य सेवा केन्द्रको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की, बैद्य खुमा के. सी., इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पौडेल, वि.ओ. पी. कृष्णनगरका सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्य, कृष्णनगर नगरपालिका का विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, कृष्णनगर नगरपालिका विभिन्न शाखाका प्रमुखहरु, कार्यक्रम सिफारिश समिति सदस्य कृष्ण कुमार गुप्ता, सीता जि. सी. लगायत अन्यको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..