जनकपुरधाम । २ नम्बर का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी चिसापानी लगायत मातहतका कार्यालयहरुको निरीक्षण गरि कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन समेत गरेका छन् ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गतका प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधि एवं अन्य श्रोत साधनहरुको निरीक्षण साथै अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं प्रभावकारी बनाउने उदेश्यले डीआईजी सिंहले उक्त निरीक्षण तथा अवलोकन गरेका हुन् । सोही क्रममा प्रहरी नायव महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी चिसापानी लगायतका प्रहरी कार्यालयहरुको निरीक्षण गरेका हुन् ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै उनले जिल्ला प्रहरी कार्यालय रौतहट मातहत समेतमा कार्यरत सि.प्र.अ./जु.प्र.अ. तथा यूनिट इन्चार्जहरु लगायत ७० जना प्रहरी कर्मचारीहरुको उपस्थितीमा हालको विध्यमान अवस्थालाई मध्यनजर गरी निरीक्षण तथा सम्बोधन कार्यक्रम गरिएको, उक्त कार्यक्रममा रौतहट जिल्लाको शान्ति सुरक्षा, प्रहरी आचरण तथा व्यवहारमा सुधारको विषयमा केन्द्रित भई आवश्यक निति निर्देशन दिनु भएको थियो ।

त्यस्तै : प्रहरी चौकी चिसापानीमा निरीक्षण तथा अनुगमनको क्रममा वर्तमान शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण र प्रहरी कर्मचारीहरुको आचरण व्यवहार सम्बन्धमा आवश्यक निर्दैशन दिएका छन् ।

साथै प्रहरी संगठनले अंगिकार गरेका नीति नियम तथा कार्य-योजनाहरुको पूर्ण रुपमा कार्यान्वयन गर्दै नतीजामुखी प्रहरी सेवा प्रवाहमा जोडदिन समेत उनले निर्देशन गरेका छन् ।