एसपी पोखरेलको ठुलो सफलता : आगो लगाई हत्या गरेको आरोपमा ६ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाको मर्चवारमा गतहप्ता एक युवकलाई आगो लगाई हत्या गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै शव भेटिएका ३४ वर्षीय राजेन्द्र यादवको हत्यामा संलग्न ८ जनामध्ये ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले राजेन्द्र यादवका भाई, काका र काकाको सम्धिले सम्पत्तिका लागि हत्या गरेको आरोप लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक ( एसपी ) प्रविण पोखरेलले सम्पत्तिका लागि घटना भएको अनुसन्धानबाट पुष्टि भएको बताए । प्रहरीले बुधबार मुख्य योजनाकार सियारी २ बस्ने रामबेलाश यादव, बुद्धिराम कोहार, मृतकका भाई वीरेन्द्र यादव, काकाका सम्धि सन्तकुमार यादव, हत्याका सहयोगी सिद्धार्थनगर ११ का राकेश यादव र अफताव मुसलमानलाई सार्वजनिक गरेको छ ।

अपराधमा संलग्न मध्यस्तकर्ता लङगारे भन्ने ईन्द्रजित यादव र सोनु मुराउ फरार रहेका छन् । माघ ६ गते राजेन्द्रको शव जलेको अवस्थामा भेटिएको थियो । शवको तत्काल सनाखत नभएपछि प्रहरीले नेपालगञ्जबाट कुकुर झिकाएर अनुसन्धान गरेको थियो । निकै ढिला सनाखत भएपछि प्रहरीले थप अनुसन्धान गरि हत्याको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..