सर्लाहीमा १ सय २९ जनाले लगाए कोरोनाविरुद्ध खोप

सर्लाही : सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल परिसरमा आज १ सय २९ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. संजिव सिंह, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधिवक्ता केशव गौतम, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख श्रवण कुमार नायकलाई खोप लगाएर कार्यक्रम उद्घाटन गरिएको हो।

त्यस्तै चौथोमा प्रहरी हवल्दार राजीव साह जयसवाल र पाँचौंमा ट्राफिक प्रहरी हवल्दार राजीव कुमार सिंहले पनि उक्त खोप लगाएका छन्। आज पहिलो चरणको खोप लगाउनेमा ४२ स्वास्थ्यकर्मी, ३९ सुरक्षाकर्मी, कार्यालय सहयोगी, भान्से, सरसफाइ कर्मचारी २६, महिला स्वयंसेविका २० र एम्बुलेन्स चालक १ गरी १ सय २९ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवण कुमार नायकले जानकारी दिए।

जिल्लामा ५ हजार ३०० डोज खोप आएको छ। खोप लगाउनका लागि जिल्ला अस्पताल मलंगवामा नै जानु पर्नेछ। अनुमानित तथ्यांकअनुसार जिल्लास्थित २० पालिकामा फ्रन्टलाइनमा काम गर्ने झण्डै ६ हजार ६ सय ३९ जना छन्।

सोही तथ्यांंकका आधारमा जिल्लामा कोरोनाविरुद्ध ७ हजार डोज खोप माग गरिएको थियो। तथापि ५ हजार ३०० डोज मात्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।

उनका अनुसार भोलि (बिहीबार) मलंगवा नगरपालिकामा सबै महिला स्वास्थ्य स्वयंसेविका, निजी स्वास्थ्यकर्मीलाई खोप दिइने र ब्रम्हपुरी, पर्सा, हरिपूर्वा, चक्रघट्टा, बसवरिया गापा र गोडैता नगरपालिकालाई खोपसम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गरिने जानकारी दिए।

यसरी नै सबै पालिकामा क्रमशः १० दिनभित्र खोप लगाइसक्ने जानकारी दिएका छन्। पहिलो पटक लगाएका व्यक्तिलाई पुनः ४ हप्तापछि दोस्रो डोज खोप लगाइने छ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप नेपालमा बुधबारबाट मुलुकभर लगाउन सुरु गरिएको हो। उक्त खोप भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको छ। #thahakhabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..