रामेछापबाट जिल्ला टप भएका डीएसपी सुरेश प्रसाद काफ्ले एसपीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका १६ जना नायब उपरीक्षक (डिएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सोमबारको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

रामेछाप सालु निवासी सुरेश प्रसाद काफ्ले तेस्रो नम्बरमा बढुवा भएका छन् । २०४८ सालमा मन्थली माविबाट एसएलसीमा जिल्ला टप भएका काफ्ले २०५८ सालमा प्रहरी निरीक्षकबाट प्रहरीमा सेवा प्रवेश गरेका थिए । काफ्ले शान्ति मिसनमा समेत काम गरिसकेका छन् । बढुवा सिफारिस भएका उनी हाल बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..