रामेछापबाट जिल्ला टप भएका डीएसपी सुरेश प्रसाद काफ्ले एसपीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका १६ जना नायब उपरीक्षक (डिएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सोमबारको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

रामेछाप सालु निवासी सुरेश प्रसाद काफ्ले तेस्रो नम्बरमा बढुवा भएका छन् । २०४८ सालमा मन्थली माविबाट एसएलसीमा जिल्ला टप भएका काफ्ले २०५८ सालमा प्रहरी निरीक्षकबाट प्रहरीमा सेवा प्रवेश गरेका थिए । काफ्ले शान्ति मिसनमा समेत काम गरिसकेका छन् । बढुवा सिफारिस भएका उनी हाल बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..