लागुऔषध सहित दुई जना पक्राउ


झापा । झापा शिबसताक्षी-११ स्थित राजमार्गमाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दमक-८ का २५ बर्षीय सत बहादुर देवान र सोही स्थानका ३२ बर्षीय दिलिप महत रहेका छन ।

टेम्पोमा सवार गरी आएका उनिहरुलाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा पश्चात उनिहरु उपर चेकजाँच गर्दा डाईजेपाम-५८ एम्पुल, बुफ्रेनोर्फिन -५७ एम्पुल र प्रोमेथोजाईन-५८ एम्पुल लागुऔषध फेला पारी बरामद गरिएको हो ।

पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईऐको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..