निर्वाचनको तयारीमा रहन आइजीपी शैलेश थापाको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक ( आइजिपी ) शैलेश थापा क्षेत्रीले सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा रहन प्रहरी संगठनलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा महानिरीक्षक थापाले घोषित निर्वाचनको तयारीमा रहन, सुरक्षा चुनौती व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

महानिरीक्षक थापाले कानूनभन्दा बाहेकका क्रियाकलाप नियन्त्रणमा थप सक्रिय हुन र सुरक्षाको दृष्टिकोणले आउने चुनौती सामना गर्न पनि
निर्देशन दिएका छन् ।

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेलगत्तै वैशाख १७ र २७मा मध्यावधि निर्वाचन गर्ने घोषणा समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..