सिरहामा सिमा क्षेत्रका ब्यापारीमाथी अन्याय : हुलाकी राजमार्ग कटाउन दिदैनन् प्रहरी

लहान । नेपाल भारत सिमानाकामा पर्ने नेपाली भूभागमा खोलिएका पसल तथा होटलका ब्यवसायीमाथी प्रहरीले अन्याय गरेको गुनासो छ । सिरहाका ठाँडी , झाँझपटी , बडहरी , कुसुण्डि , बरियारपटी , माडर लगायतका सिमावर्ती बजारका नेपाली ब्यापारीहहरुले प्रहरीले आफूहरुमाथी अन्याय गरेको गुनासो पोखेका हुन् ।


सिमा क्षेत्रका ब्यापारीहरुका अनुसार भ्याटबिल काटेर लहानबाट हुलाकी राजमार्ग कटाएर मालसामान ल्याउन प्रहरीले रोक लगाउँदै आएको छ ।
सिमाबर्ती हाटबजारका ब्यापारीले सिरहाको प्रमुख ब्यापारीक नाका लहानबाट होलसेल मुल्यमा मालसामान ल्याएर बेच्दै आएकाछन् ।
हुलाकी राजमार्ग कटाएर समान ल्याउन प्रहरीले रोक्ने गरेको छ , सिमाबर्ती बजार झाँझपटीका एक किराना ब्यापारी भन्छन् , भ्याटबिल काटेर ल्याएको समाना समेत रोक्ने गरेकाछन् ।


नेपालबाट नेपालमै भ्याटबिल काटेर समान खरिदबिक्रि र ढुवानी गर्न नपाउने यो कस्तो कानुन नियम हो ? ति ब्यापारीले प्रश्न गरे ।

२ कार्टुन भन्दा बढि सामान ल्याउन दिदैनन् , ति ब्यापारीले भने , मटर , छहडा २५ देखी ३० हजार मुल्य भन्दा माथीको लान दिदैनन् । यसरी हामीलाई घाटा हुने गरेको छ ।
बताईए अनुसार यहाँका सिमाबर्ती बजारका नेपाली ब्यापारीहरुले बढि मात्रामा लहानबाट मालसामान ल्याएर खुद्रा मुल्यमा बेच्ने गरेकाछन् ।

सीमा क्षेत्रका भारतीय बजारहरुले नेपाली ग्रहाक लक्षित ब्यापार गरिरहँदा नेपालतिरका ब्यापारीहरुलाई भने भारतिय ग्रहाक लक्षित ब्यापार गर्न प्रहरीले रोक लगाएको छ ।
भरततिरका ब्यापारीले दशगजामै जोडेर ठुलाठुला होलसेल पसल खोलेकाछन् , उनिहरुलाई भारतिय प्रहरीबाट कुनै रोकटोक छैन , ति ब्यापारीको गुनासो थियो , तर हामीले भारतिय ग्रहाक लक्षित होलसेल पसल खोल्न पाएका छैनौँ । प्रहरीले दशगजा वारी होलसेल पसलका लागि आबस्यक भारीमात्रामा मालसामान ल्याउन दिदैन , ल्यायो भने पक्रिएर भन्सारमा बुझाउँछ ।

सिमाबर्ती नेपाली ब्यापारीहरुले प्रहरीले हुलाकी राजमार्गबाट मालसामान ल्याउन नदिएर आफूहरुलाई भारतिय नागरिकको जस्तो ब्यवहार गरेको भन्दै चित् दुखाए ।

हामीले भ्याट दर्ता गरेर राज्यलाई कर तिरिरहेका छौँ , अर्का एक ब्यापारीको भनाई थियो , कर तिरेर भारतिय ग्रहाक लक्षित ब्यापार गर्न नपाईने यो कस्तो न्यायप्रणाली हो ? यो कस्तो नियम कानुन हो ? म यो सरकारलाई प्रश्न गर्न चहान्छु ।

यहाँका सिमाबर्ती बजारहरुमा चाईनिज ब्ल्याकेंट , चाईनिज मोबाईल , मटर , छहडा , सुपारी , मदिरा , म्याजिक चप्पल , चाईनिज जिन्सको पाईन्ट , जुत , नेपाली चुरोट , चाईनिज घडी , कोरियन पाईन्ट , पान गुट्खा , नेपाली ब्राण्डका चाउचाउ , सनफ्लावर तेल , पत्रक , ऐलैची , स्याउ , नास्पाती लगायत चाईनिज उत्पादन र नेपाली उत्पादनहरु पाईन्ट , भेष्ट , बिस्कुट , पानी लगायत सामाग्रीहरुको माग उच्च छ ।
सिमाक्षेत्रका भारतिय बजारमा ब्यापारीहरुले निर्बाध ब्यापार गरिरहँदा सिमाक्षेत्रका नेपाली हाटबजार भने सुनसानप्राय छ ।

लहानबाट भ्याटबिल काटेर समेत मालसामान ल्याउन नेपालका सुरक्षाकर्मीहरुले रोक लगाईरहँदा भारतिय बजारबाट भने निर्बाध रुपमा मालसामान नेपाल भित्रिरहेका हुन्छन् ।

एक ब्यापारी भन्छन् , कि सरकारले हामीलाई पसल खोल्ने अनुमती नै नदेओस् न त ? पसल दर्ता गर्न दिने , भ्याटको प्रमाणपत्र पनि दिने अनि ठुलै ब्यापार गर्छु भन्दा सामान ल्याउन नदिने ? यो त अन्याय भयो नि ।

मालबाहक ४ चक्के यातायातका सबारीसाधन हुलाकी राजमार्ग कटाउन पूर्ण रुपमा बन्देज गरिएको छ , ति ब्यपारीले भने , जबकि हुलाकी राजमार्गबाट दशगजाको दुरी कतै ४ किलो मिटर छ भने कतै ८ किलो मिटर सम्म छ ।
सिमा क्षेत्रमा तैनाथ जनपद , शसस्त्र प्रहरी तथा जनपद र शसस्त्रका सिभिल ( घुमुवा ) हरुले लहानबाट सिमाबर्ती बजार लैजादै गरेका मालसामानहरु हुलाकी राजमार्ग कटाउनसाथ पक्रिएर भन्सार छलि गरेको भन्दै भन्सार कार्यालयमा बुझाईदिदा यस क्षेत्रका ब्यापारी मर्कामा परेकाछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..