गृह मन्त्रालयले गर्यो प्रहरीका १८ एसएसपीको पदस्थापन र सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले नेपाल प्रहरीका १८ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुको पदस्थापन तथा सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाको मन्त्रीस्तरीय निर्णयबाट हालै बढुवा भएका ११ जना एसएसपीहरुको पदस्थापन तथा ७ जना एसएसपीको सरुवा गरिएको हो ।

पदस्थापन भएका एसएसपीहरु गत २९ गते बढुवा सिफारिस हुनुभएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार यसरी पदस्थापन हुने एसएसपीहरुमा कृष्णकुमार महत सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्साल, गोबिन्दबहादुर साह १ नं प्रदेश कार्यालय बिराटनगर, उमाशंकर पञ्जियार अपराध अनुसन्धान बिभाग नक्साल, अर्जुन चन्द ठकुरी कर्णाली प्रदेश कार्यालय सुर्खेत, जनकराज पाण्डे सुदुरपश्चिम प्रदेश कार्यालय दिपायल र सुरेन्द्रप्रसाद मैनाली लुम्बिनी प्रदेश कार्यालय दाङ हुनुहुन्छ ।

यसैगरी कृष्णहरी शर्मा पोखरेल अन्वेशन योजना तथा बिकाश निर्देशनालय नक्साल, चक्रबहादुर सिंह महानगरीय प्रहरी कार्यालय रानीपोखरी, दिल्लीराज पन्त सुरक्षा परिषद, मधुसुधन लुईटेल १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगर र मोहनप्रसाद पोख्रेल गण्डकी प्रदेश कार्यालय कास्कीमा पदस्थापन हुनुभएको छ ।

गृह मन्त्रालयले अन्य सात जना एसएसपीको पनि सरुवा गरेको हो । यसरी सरुवा हुने एसएसपीहरुमा रविन्द्र केसी अपराध अनुसन्धान बिद्यालय महाराजगञ्ज, दुर्गा सिंह मानव बेचविखन अनुसन्धान ब्यूरो, प्रदीपकुमार श्रेष्ठ अन्तराष्ट्रिय प्रहरी समन्वय महाशाखा, हरिराज वाग्ले बागमति प्रदेश कार्यालय हेटौडा, मोहनकुमार आचार्य प्रदेश समन्वय निर्देशनालय, बुद्धिराज गुरुङ प्रहरी राष्ट्रिय प्रतिष्ठान महाराजगञ्ज र बिष्णुकुमार केसी जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..