सिरहामा भेटिएको कुकुर बम सेनाले गरे डिसपोज

सिरहा । पूर्वपश्चिम राजमार्गत सिरहा जिल्लाको मिर्चैया नगरपालिका ५ जिवा पुलमा अज्ञात समूहले राखेको कुकर वम सुरक्षा कर्मिले डिसपोज गरेको छ । चोहर्वास्थित नेपाली सेनाको श्री शेर गणबाट खटिएको सपोजल टोलीले कुकर बम डिसपोज हो ।

गस्तीमा रहेको प्रहरी टोलीले शनिवार विहान ७ बजे पुलको उत्तर पश्चिम कुनामा संकास्पद अवस्थामा कुकर देखेका थिए । प्रहरीले देख्नासाथ तत्काल सवै सुरक्षा निकायलाई खवरगरी संयुक्त गस्ती टोलीले वरपरका झाडीहरुसमेत सर्च गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक ( डिएसपी ) राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

पुलमै बम भएकाले करिव ३ घण्टा सडक अवरुद्ध भएको थियो । प्रहरीले मानविय क्षति हुन नदिन बाटोमै बम भएकोले केही वेर सडक अवरुद्ध भएको जनाए । कसले के प्रायोजनाको लागि बम राखिएको भन्ने अझै नखुलेको भन्दै डिएसपी श्रेष्ठले घटनाबारे अनुसन्धान भईरहेको जनाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..