सिराहाका प्रहरी प्रमुख एसपी पंजियारको बढुवा , सुदीप राज भण्डारी आउदै

सिरहा । सिराहामा सुदीप राज भण्डारी र डोटीमा दानबहादुर मल्ललाई पठाएको छ ।

सिराहा उमाशंकर पञ्जियार एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको काज सरुवा गरिएको हो । डोटीमा कार्यरत जनकराज पाण्डे लाई पठाएको हो । 

३४ डिएसपीबीच प्रतिस्पर्धा

प्रहरी प्रधान कार्यालयले एसपीमा पनि बढुवाको तयारी थालेको छ । एसपीका १५ रिक्त पदमा ३४ डिएसपीबीच प्रतिस्पर्धा छ । केही दिनभित्रै बढुवाको तयारी गर्ने तयारी भइरहेको स्रोत बताउँछ ।

२०५८ सालमा इन्सपेक्टरमा भर्ना भएका एउटै ब्याचमा ३४ जना डिएसपी एसपी बढुवाको प्रतिस्पर्धामा छन् ।

वरियतामा बढुवा भएका भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, राजकुमार सिलवाल, अमरेन्द्र बहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदम विष्ट, महेन्द्र श्रेष्ठ, राजेन्द्रबाबु रेग्मी, वासुदेव खतिवडा अगाडी छन् ।

त्यस्तै डिएसपी बढुवामै पछि बढुवा भएका योगेन्द्रसिंह थापा, दिलीप घिमिरे, वीरेन्द्र शाही, सुवासचन्द्र बोहरा, जनकबहादुर शाही, रामहरि पाण्डे, प्रजित केसी, रामेश्वर कार्की, लक्ष्मीराज अधिकारी, जनकबहादुर शाही, अर्जुन रानाभाट, अर्जुन तिमल्सिना, चक्रराज जोशी, सुमन तिमल्सिना, देवेन्द्र पाल, भीमकिरण बोगटी, सीताराम रिजाल, रमेश पण्डित, सरोज पौडेल, विष्णुहरि कोइराला, नरहरि रेग्मी, नेत्रमणि गिरी, विनोद शर्मा र हेरम्ब शर्मा पनि बढुवाको प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..