एक्सनमा एसपी पंजियार : गोली हानेर हत्या गर्ने व्यक्ति दस बर्ष पछि सिरहा प्रहरीको फन्दामा

जनकपुर। दश वर्षअघि धनुषामा एक जनाको गोली हानी हत्या गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ (साविकको भरतपुर गाविस–८) बस्ने ३४ वर्षीय जागेश्वर यादव छन् ।

यादवले २०६८ साल भदौ २९ गते सिरहाको तत्कालीन धनगढी गाविस ९ बस्ने श्रीप्रसाद साह सोनारको गोली हानी हत्या गरेका थिए । बा. ११ प ४९४२ नम्बरको मोटरसाइकल चढेर धनुषाका तत्कालीन भरतपुर गाविसस्थित वीरेन्द्र बजारमा फुटबल खेल्न आएका सोनारलाई जागेश्वर यादव समेतले गोली प्रहार गरी हत्या गरेर शव स्थानीय बालुवाखोलाको काटा झारीमा फ्याँकेका थिए ।

उनीहरुले सोनारको हत्या गरेपछि मोटरसाइकल, नगद २५ हजार, आधी ताला सुनको औंठी, एक तोला सुनको सिक्री, चाँदीको ब्रासलेट एक थान र मोबाइल एक थान लुटेका थिए ।

हत्यापछि मृतककी पत्नी शकुन्तला थापा समेतले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए ।

यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय मिर्चैयाको सन्युक्त प्रहरी टोलीले घुमफिर गरिरहेको अवस्थामा मिर्चैया नगरपालिका ३ बाट बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारले जानकारी दिए । पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि धनुषा प्रहरीको जिम्मा लगाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..