लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ


बिराटनगर । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट मंगलवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-८ बाट २ ग्राम ब्राउसुगर, कोरेक्स तिन बोतल, नाईकाभेट १७ ट्याब्लेट र नगद ११ हजार सहित स्थानीय २४ बर्षीय बिनोद पोदार र १८ बर्षीय अजय पोदारलाई मंगलवार राती साँढे ८ बजे पक्राउ गरेको हो ।

यसैगरी झापाकै भद्रपुर नगरपालिका-५ बाट कमल गाउँपालिका-५ का २५ बर्षीय प्रकाश फुयाल लुपिजेसिक ४ एम्पुल, प्रोमेथाजिन ४ एम्पुल, र डाईजेलाब ४ एम्पुल गरी जम्मा १२ एम्पुल लागु औषध सहित मंगलवार साँझ साँढे ६ बजे पक्राउ परेका हुन् ।

यस्तै मोरङको बिराटनगर महानगरपालिका-१६ बाट स्थानीय ३१ बर्षीय राकेश राई ५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मंगलवार राती सवा ९ बजे राईलाई लागुऔषध सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..