प्रहरी श्रीमती संघ प्रदेश एकद्वारा न्यानो कपडा कम्बल बितरण


बिराटनगर । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा जाडोको न्यानो कपडा कम्बल बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले गरिव तथा असह्याय ब्यक्तिहरुको लागी जाडोको न्यानो कपडा कम्बल बितरण गरेको हो ।

मोरङको धनपालथान गाउँपालिका-३ बेतौनाका ५० घर परिवारलाई ५० थान तथा रङगेली नगरपालिका-२ बेतौना झोडाका ५० घर परिवारलाई ५० थान गरी १०० घर परिवारलाई १०० थान कम्बल आज दिउँसो एक कार्यक्रममा बिच १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले जाडोको न्यानो कपडा कम्बल बितरण गर्नु भएको हो ।

सोही कार्यक्रममा श्रीमती संघकी अध्यक्ष श्रीमती कार्कीले १०० जना असह्याय महिला तथा पुरुषहरुलाई कुर्ता सुरुवाल, सर्ट पाईन्ट लगायत अन्य लत्ता कपडा समेत बितरण गर्नु भएको थियो ।

कपडा बितरण कार्यक्रम पश्चात बोल्नुहुँदै वहाँले प्रदेश प्रहरी श्रीमती संघले बिबिध सामाजिक कार्यहरु गर्दे आईरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशिल भई अगाडी बढ्ने धारणा ब्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारीहरु, स्थानीय जनप्रतिनिधीहरु तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..