प्रहरी श्रीमती संघ प्रदेश एकद्वारा न्यानो कपडा कम्बल बितरण


बिराटनगर । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा जाडोको न्यानो कपडा कम्बल बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले गरिव तथा असह्याय ब्यक्तिहरुको लागी जाडोको न्यानो कपडा कम्बल बितरण गरेको हो ।

मोरङको धनपालथान गाउँपालिका-३ बेतौनाका ५० घर परिवारलाई ५० थान तथा रङगेली नगरपालिका-२ बेतौना झोडाका ५० घर परिवारलाई ५० थान गरी १०० घर परिवारलाई १०० थान कम्बल आज दिउँसो एक कार्यक्रममा बिच १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले जाडोको न्यानो कपडा कम्बल बितरण गर्नु भएको हो ।

सोही कार्यक्रममा श्रीमती संघकी अध्यक्ष श्रीमती कार्कीले १०० जना असह्याय महिला तथा पुरुषहरुलाई कुर्ता सुरुवाल, सर्ट पाईन्ट लगायत अन्य लत्ता कपडा समेत बितरण गर्नु भएको थियो ।

कपडा बितरण कार्यक्रम पश्चात बोल्नुहुँदै वहाँले प्रदेश प्रहरी श्रीमती संघले बिबिध सामाजिक कार्यहरु गर्दे आईरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशिल भई अगाडी बढ्ने धारणा ब्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारीहरु, स्थानीय जनप्रतिनिधीहरु तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..