प्रहरी निरीक्षक नायक ‘पुलिस अफ द मन्थ’

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक पप्पु नायक ‘पुलिस अफ द मन्थ’ भएका छन् । उनलाई चोरी, अवैध लागूऔषध कारोबारी लगायत विभिन्न आपराधिक घटनाकाका फरार प्रतिवादी पक्राउ तथा कानुनी कारबाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्यालयले पुरस्कृत गरेको हो ।

प्रदेश १ का डीआईजी ईश्वर बाबु कार्कीले नायकलाई पुस महिनाको पुलिस अफ द मन्थको घोषणा गरेका हुन् । नायकले इँटाभट्टामा जिउँदै व्यक्तिलाई हालेर जलाएको अभियोग लागेका पूर्वमन्त्री तथा कांग्रेसका निलम्बित सांसद मोहम्द अफताब आलमलाई पक्राउ गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । आलमलाई उक्त आरोपमा २०७६ असोजमा पक्राउ गरिएको थियो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशभरीका प्रहरी कर्मचारीमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..