प्रहरी निरीक्षक नायक ‘पुलिस अफ द मन्थ’

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक पप्पु नायक ‘पुलिस अफ द मन्थ’ भएका छन् । उनलाई चोरी, अवैध लागूऔषध कारोबारी लगायत विभिन्न आपराधिक घटनाकाका फरार प्रतिवादी पक्राउ तथा कानुनी कारबाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्यालयले पुरस्कृत गरेको हो ।

प्रदेश १ का डीआईजी ईश्वर बाबु कार्कीले नायकलाई पुस महिनाको पुलिस अफ द मन्थको घोषणा गरेका हुन् । नायकले इँटाभट्टामा जिउँदै व्यक्तिलाई हालेर जलाएको अभियोग लागेका पूर्वमन्त्री तथा कांग्रेसका निलम्बित सांसद मोहम्द अफताब आलमलाई पक्राउ गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । आलमलाई उक्त आरोपमा २०७६ असोजमा पक्राउ गरिएको थियो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशभरीका प्रहरी कर्मचारीमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..