निर्माला पन्त हत्याकाण्ड आफ्नै पालामा सल्टाउछु : कंचनपुरका नयाँ एसपी चतुर्वेदी

कंचनपुर । कंचनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको आज अढाई वर्ष पूरा भएको छ। तर, अझै यो हत्या सुल्झिएको छैन। अनुसन्धान जारी नै रहेको बताउनेबाहेक प्रहरीले कुनै उपलब्धि हात पार्न सकेको छैन।

प्रहरीकै साख धुमिल पारेको यो घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कंचनपुरका नयाँ प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाप्रसाद चतुर्वेदीले निर्मला हत्याकाण्डको दोषीलाई कटघरामा उभ्याउने आफनो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

मंगलबार संचारकर्मीसंग परिचयात्मक कार्यक्रममा बोल्दै कञ्चनपुर प्रहरी प्रमुख चर्तुवेदीले निर्मला हत्याकाण्ड आफ्नो पहिलो प्राथमिकतामका राखेको बताए । निर्मला हत्याकाण्ड अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोबाट यस अघि नै जिम्मेबारी पाएका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुरबेदीले निर्मला हत्याकाण्डलाई आफुले पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गर्ने प्रतिबद्धता जाहेर गरे।

ऋाफुले कति समय लाग्छ भनेर नभने पनि आफनै कार्यकालमा निर्मला हत्याकाण्ड सल्टाउँने जिकिर गरे । चर्तुरबेदीले सबै प्रमाण जुटाएर मात्रै अभियुक्तलाई आदालत पेश गर्ने बताएका छन । उनले जिल्लाको शान्ति सुरक्षा एव अमन चयन र गैर कानुनी गतिबिधी नियन्त्रणका लागि प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..