शान्ति,सुरक्षालाई व्यवस्थित गरेर खुला नाकाको दुरुपयोग गर्दै हुने तस्करी नियन्त्रण गर्छौँ-एसपी चतुर्बेदी

कंचनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) उमा प्रसाद चतुर्बेदीले शान्ति, सुरक्षालाई व्यवस्थित गरेर खुला नाकाको दुरुपयोग गर्दै हुने तस्करीजन्य गतिविधिलाई पूर्ण रुपमा निस्तेज पार्ने बताएका छन् ।

खुला सीमाको दुरुपयोग गर्दै जिल्लामा हुने तस्करी नियन्त्रण गर्ने एसपी चतुर्बेदीले उद्घोष गरे ।

सोमवार उद्योग बाणिज्य संघ कञ्चनपुरले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै एसपी चतुर्बेदीले जिल्लाको शान्ति, सुरक्षालाई व्यवस्थित गरेर खुला नाकाको दुरुपयोग गर्दै हुने तस्करी नियन्त्रण गर्ने दाबी गरेका हुन ।

‘खुला सीमाको दुरुपयोग गरेर हुने गैरकानूनी तस्करीजन्य गतिविधि पूर्ण रुपमा नियन्त्रण गछौँ । सीमा नाकाका चौकी, बिओपी लगायतसंग समन्वय गरेर यस्ता गतिविधि निस्तेज पार्ने छौँ ।’ उनले भने ।

खुला सीमाको मौका छोपेर कञ्चनपुरमा अवैध तस्करी हुने गरेको छ । एसपी चतुर्बेदी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) बाट सरुवा भएर केही दिन अगाडि मात्रै कञ्चनपुर पुगेका थिए ।

कञ्चनपुर उद्योग वाणिज्य संघले सोमवार एसपी चतुर्बेदी, नम्बर २५ बाहिनी भगतपुरका बाहिनीपती सहायक रथी कृष्णबहादुर जिसी, कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत मिमांस अधिकारीलाई स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..