लहान प्रहरीले पाएको एक कुशल नेतृत्व : डीएसपी थापा

लहान । प्रहरीको मुख्य काम र कर्तव्य भनेको शान्ती सुरक्षा सङ्गै अपराध नियन्त्रण गर्नु भएता पनि आफ्नो काम र कर्तव्य निष्ठापुर्वक पूरा गर्ने बिरलै पाइन्छन् । तर लहान प्रहरीले भने १३ महिना अघि एक कुशल नेतृत्व पाएको थियो, प्रहरी नायब उपरीक्षक `शरत कुमार थापा क्षेत्री ‘। जसको नेतृत्वले लहाम प्रहरीको गरिमा बढाएको छ ।

१३ महिना अघि ईलाका प्रहरी कार्यालय लहानको प्रमुख जिम्मेवारी सम्हालेका डीएसपी थापाले सिरहा जिल्लाको चुनौतीपूर्ण रहेको लहानको सुरक्षा व्यवस्थालाई मजबुत गर्दै शान्ती सुरक्षा कायम गरि ईलाकामा भईरहने अपराधिक गतिविधि कम गरे । `मुस्कान सहितको नागरिक सेवा ‘भन्ने मुल नारालाई आत्मसाथ गर्दै स्वयं अहोरात्र खटिएर उनले आफ्नो कर्तव्य निर्वाह गरिरहे ।

पछिल्लो पटकको नेपाल प्रहरीको नियमित सरुवामा इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्री पनि परेका छन् । नियमित सरुवाको एकवर्षे कार्यकालमा उनी पनि परेका हुन् । यो स्वाभाविक र प्रक्रियागत पनि हो ।

अहिले चौक चौरहा र विशेषगरी राजनीति वृतमा उनको चर्चा चुलिएको छ । चिया गफदेखि चौकचौरहामा उनी कसैका लागि कहिले कुन दिन ? लहानबाट जान्छन् त कोहीले यहाँ उनी हुँदा राम्रो शान्ति सुरुक्षा भएको गन्थन–मन्थनका सुस्केरा हालीरहेका छन् ।

भनिन्छ, तराई–मधेस प्रहरी कार्यालयहरुमा मुद्दा धेरै आउने गर्छन् । केही वास्तविक त केही रिसिइबी साध्ने प्रवृत्तिले आउँछ । जसमा नेताहरु भाजो हाल्छन् । भोटको राजनिति गर्न थाल्छन् । प्रहरीलाई उपयोग गरी जनतलाई मुद्दाका नाममा तर्साउने धम्काउने गर्छन् । अधिकारकर्मी राजकुमार राउत कुर्मी भन्छन्, ‘डिएसपी थापा राजनीति दलको नेताको चपेटामा पर्नुभन्दा परै हुनुहुन्थ्यो । उनी जनताको वास्तविक घटनामा अग्रसर भएर अनुसन्धान बढाउथ्यो । अन्याय कसैलाई पार्ने काम गर्दैन्थ्यो ।’ उनका अनुसार घटनाहरुलाई कानुनी दायरामा रहेर भुमिका निभाएको छ ।

इप्रका लहानमा आर्थिक वर्ष २०७६÷०७७ मा २४९ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन् । जसमध्ये १६९ वटा फस्र्यौट भएका छन् । अधिकांश मुद्दा डिएसपी थापाकै पालामा टुंगो लागेको छ । उनी लहानमा ०७६ पुस १५ गतेदेखि आएका थिए । चालु आर्थिक वर्ष ०७७÷०७८को हालसम्ममा ११५ वटा मुद्दा दर्ता भएको जसमा ५० वटा फस्र्यौट भएको छ ।

चालु आवमा लागुऔषधको ४९ वटा मुद्दामा ६१ ज्ना प्रतिवादीहरुलाई पक्राउ गरेका छन् । उनीहरुको साथबाट ११८ किलो गाँजा, ५१३ ग्राम ब्राउन सुगर, २०० मिलिग्राम सेतो हिरोइन, १४०७ नाइट्रोभेट ट्याब्लेट, १९३१ फेनारगन, २८० बोतल डाइलेक्स डिसिलगायत लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

भारतबाट भन्सार छली गरी नेपाल भित्रयाइरहेका अवस्थामा आर्थिक वर्ष ०७६÷०७७ मा १ करोड ३ लाख ६१ हजार ७७७ रुपैयाँको समान बरामद र १६ जना मानिसलाई नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको थियो । त्यसैगरी चालु आवमा २७ लाख ७८ हजार ३३४ रुपैयाँको बराबरको सरसमान र ३ जनालाई भन्सार पठाएको छ । उनी आफ्नो एकवर्षे कार्यकालमा १७ जना फरार प्रतिवादीलाई पक्राउ गरेका छन् । उनीहरुबाट ४ लाख २६ हजार ७७३ रुपैयाँ रुपैयाँ राजश्व असुलउपर भएको छ ।

यसैगरी लहान प्रहरीले उनको कार्यकालमा ४ विघा १३ कठ्ठा जग्गाको २७ हजार ७९० वोट गाँजा फडानी गरेको छ । प्रहरीका अनुसार चालु आव ०७७÷०७८ को हालसम्ममा घरेलु मदिराको कच्चा पदार्थ ३२ हजार ८८९ लिटर, तयारी मदिरा १० हजार ६४० लिटर, १८९ वटा मदिरा बनाउने भाडाकुडा र २ वटा मेसिन बरामद गरी नष्ट गरेका छन् । अवैध रुपमा गिट्टी बालुवा उत्खन्न नियन्त्रण गर्न ४९ वटा ट्याक्टर कारवाहीका लागि लहान नगरपालिकामा बुझाएको थियो । जसबाट २ लाख ४५ हजार राजश्व असुली भएको छ ।

प्रहरी चौकीहरुमा थप काम

लहानको नगर प्रहरी सडक विभागको एउटा कोठामा सिमित थिए । सैनिकले आफ्नो ब्यारेक हटायो । त्यही ब्यारेक अब प्रहरी बस्न व्यवस्था मिलाउन डिएसपी थापाले पहल थाले । अहिले सरकारको अधिकारिक निकायहरुको काम सकेर १ विघा ५ कठ्ठा ६ धुर जग्गा प्रहरीको नाममा आएका छन् ।

यसैगरी, पक्की टोल प्रहरी चौकीका लागि नयाँ पक्की घर निर्माणाधिन अवस्थामा छ । धनगढीमाई नगरपालिका १२ विष्णुपुरकट्टिका प्रहरी चौकीका लागि पनि ५ कठ्ठा जग्गा बाटोसहित प्राप्त गरेका छन् । त्यसैगरी पहिलेको जग्गामा ४ धुर थपेर भगवानपुर गाउँपालिकाको ठाडी प्रहरी चौकीमा काम अगाडी बढाइएको छ ।

लहान बजारमा शान्ति सुरक्षा कायम गर्न ठाउँठाउँमा सिसिटिभी जडान गराइएको छ । डिएसपी थापाका अनुसार आफुले कानुनी परिधिभित्र रहेर कामहरु गरेका छौँ । सेवाग्राहीहरुले यसको मुल्याकंन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..