नागरिकका भावनाको उच्च सम्मान गर्दै सेवा प्रवाह गर्नु : एसपी चतुर्बेदी

कंचनपुर । जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमा प्रसाद चतुर्बेदीले जिल्ला प्रहरी कार्यालय, कंचनपुरको कार्यालय भवन, अपराध अनुसन्धान शाखा, कार्य तथा बिशेष शाखा, महिला बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, उजुरी छानविन शाखा लगायतबाट नागरिकहरुलाई प्रवाह गरिने सेवा सुविधाको वारेमा समेत जानकारी लिनुभयो । थुनुवा कक्ष, व्यारेक, मेष क्यान्टिन समेतको निरीक्षण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा एसपी चतुर्बेदीले सम्पुर्ण कार्यरत प्रहरी कर्मचारीहरुलाई आफ्नो आचारण, व्यवहार सुधार गरी कर्तव्यनिष्ट, ईमान्दार र व्यावसायिक भई कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको थियो ।

साथै प्रहरी संगठनले अंगिकार गरेका नीति नियम तथा कार्य-योजनाहरुको पूर्ण रुपमा कार्यान्वयन गर्दै नतीजामुखी प्रहरी सेवा प्रवाहमा जोडदिन समेत उनले निर्देशन गरेका छन् ।

त्यस्तै विश्वभर कोरोना भाइरस सङ्क्रमणको जोखिम बढिरहेकाले प्रहरी कर्मचारीहरु पनि सावधानीका लागि अपनाउनु पर्ने सुरक्षाका विधिहरु अनिवार्य रुपमा अपनाई आफू सुरक्षित भई आम नागरिकहरुलाई समेत यसको संक्रमणबाट बचाउन हरसम्भव लाग्नुपर्ने बताउँदै जिल्लामा यस रोगको संक्रमण फैलन नदिन सरोकारवाला निकायहरुसंग आवश्यक समन्वय गर्दै प्रभावकारी रुपमा काम गर्न गराउन समेत निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..