कंचनपुर । जिल्ला प्रहरी कार्यलय कंचनपुरका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाप्रसाद चतुर्बेदीले कार्यभार सम्होलका छन्।
प्रहरी प्रधान कार्यलयले पुष २१ गते सरुवा भएका एसपी चतुर्बेदी आज कंचनपुर प्रहरी प्रमुखको कार्यभार सम्हाल्दै एसपी चतुर्बेदीले कानून पालनामा कुनैपनि कम्प्रमाइज नगर्ने बताएका छन्।

‘हामीलाई राज्यले कानून पालन गराउनको लागि खटाएको छ, त्यसको कार्यन्वयनमा म कुनै पनि हालतमा ‘कम्प्रमाइज’ गर्ने छैन।’
कंचनपुर जिल्लामा हुने अपराधका घटनालाई न्यूनिकरण र आम नागरिकको सुरक्षाका लागि दिन नभनि २४ सै घण्टा खटिने एसपी चतुर्बेदीले बताएका छन्।
को हुन एसपी चतुर्बेदी ?

प्रहरी उपरिक्षक उमा प्रसाद चतुर्बेदीले नेपाल प्रहरीका एक ईमान्दार अफिसरका रुपमा रहेको प्रहरी अधिकृतहरु बताउछन ।
२०५३ सालमा प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका एसपी चतुर्बेदी अपराध माहाशाखा काठमाण्डौमा प्रहरी नायव उपरिक्षक पदमा कार्यरत रहदा सिल्यर किलर अबिशेक राज सिंह लगभग धेरै मान्छेहरुको हत्या गरि फरार रहेका सिंहलाई र अबैध रकम असुली फोनबाट धम्की दिएर चन्दा असुली गर्ने गिरोहका नाईके तथा अपराधीहरुलाई पक्राउ गरी कारवाही समेत गरेको प्रहरीहरु नै बताउछन ।
शान्ति सुरक्षा तर्फ ६ महिना मधेस आन्दोलनको क्रममा ईलाका प्रहरी कार्यालय लहानका प्रमुख रहदा प्रदेश नम्बर २ का ८ जिल्लामा यस्तो कुनै जिल्ला छैनन् मान्छे नमरेको तर सिरहामा कहि पनि मान्छे मरेन प्रहरीको तर्फ बाट मानव छेत्ती भएको थिएन । निडर र हक्की स्वभावका रहेका एसपी चतुर्बेदी संगठनले दिएको जिम्मेवारी पुरै ईमान्दारिताका साथ पालना गर्ने प्रहरी अफिसरहरु नै बताउछन ।
चतुर्बेदी प्रहरी सेवामा एक पल्ट सिआईवी ब्युरोमा हुदा खेरी बहुत चर्चित पाचथरको ९ जना हत्या घटनाको अनुसन्धान समेत गरी सकेकाछन भने दुई पल्ट मिशनको परिक्षामा पास भएर विदेश सम्म मिशनमा परिसकेका छन् ।