कपिलवस्तुमा अबैध कुखुरा नष्ट

धनी राम काेरी / कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको वडा नं.१ नेवलागंज बाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले ६४ किलाे अबैध कुखुरा बरामद गरेर नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले ६४ किलो अबैद्य ब्रोइलर कुखुरा नष्ट गरेको छ । विहिबार विहान करिब ८ः३० बजे भारतबाट नेपालतर्फ अबैद्य रुपमा भन्सार नाका छली गरि ल्याउँदै गरेको अवस्थामा कुखुरा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी का सशस्त्र प्रहरी सहायक निरिक्षक गोविन्द बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रहरीले बरामद गरिएको ६४ किलो कुखुराको मुल्य १९ हजार २ सय रुपियाँ बराबरको रहेको उहाँले बताउनुभयो । तस्करले सशस्त्र प्रहारी बल नेपाल वि.ओ.पी. विजयनगर बाट खटिगएको सशस्त्र प्रहरी सहायक निरिक्षक गोविन्द बहादुर श्रेष्ठको कमान्डमा ७ जना र ईलाका प्रहारी कार्यलय गणेशपुरबाट प्रहारी धन बहादुर अधिकारीकोे कमाण्डमा ५ जनको संयुक्त गस्ती टोलीलाई देख्ने बित्तिकै कुखुरालाई छोडेर भागेको श्रेष्ठले बताउनुभयो ।

प्रहरी, जनप्रतिनिधि, पशु क्वारेन्टाइन कृष्णनगरका प्रतिनिधि, स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी कुखुरालाई नष्ट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..