शीतलहरबाट बचाउन सिरहाको विभिन्न ठाँउमा आगो बाल्दै एसपी उमाशंकर पंजियार

सिरहा । जनताको जनधनको रक्षा गर्नुपर्ने जिम्मेवारी लिएको प्रहरी यतिबेला आगो बाल्न व्यस्त छ । जिल्ला प्रहरी कार्यालय सिरहाले विभिन्न ठाउमा पुगेर दाउरा पु¥याएर आगो बालिरहेको छ ।

दुई दिनदेखि चिसो बढेर जनजीवन प्रभावित भएसंगै प्रहरीले ठाउँ–ठाउँमा आगो बालेर सामूहिक रुपमा आगो ताप्ने प्रबन्ध मिलाएको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाको विभिन्न स्थानमा आगो बालेर सर्वसाधारणहरुको लागि आगो ताप्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारले बताए ।

चिसोका कारण कठ्याग्रिंएका नागरिकहरुलाई न्यानो अनुभुति गराउन जिल्ला प्रहरी कार्यालय सिरहाले आफू मातहत ईलाका प्रहरी , सिमा प्रहरी चौकी , प्रहरी चौकीलाई स्थानीय चोक तथा ग्रामीण ईलाकाहरुमा आगो बालेर ताप्ने व्यवस्था मिलाउन निर्देशन दिएको एसपी पंजियारले जानकारी दिए ।

सिरहा जिल्लाका बिभिन्न स्थानहरुमा काठका मुढा तथा दाउराहरु बालिएको छ । केही दिनदेखि बढेको चिसोका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सु लागेर शीतलहर बढेसँगै आवतजावतमा समस्या भएको छ ।

हुस्सुका कारण दुर्घटनाको जोखिम बढेको छ भने बालबालिका, बुढाबुढी र जनमजदुर समस्यामा परेका छन् । चिसो बढेका कारण दमका रोगीहरु प्रभाबित भएका छन् ।

चिसोबाट बच्नका लागि न्यानो लुगा लगाउन अनुरोध गर्दै प्रहरीले मानिसहरुको बाक्लो उपस्थिति हुने स्थानमा मुडा बालेर आगो ताप्ने व्यवस्था गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..