मानन्धर हत्याकाण्डमा संलग्न हरि वली र विवाद पाठक बाँके प्रहरीको फन्दामा

बाँके ।नेपालगंज उपमहानगरपालिका वडा नम्बर –८ बस्ने २८ वर्षीय चेतन मानन्धरको हत्या गरी फरार रहेका २ जना प्रतिवादीलाई सोही उपमहानगरपालिका वडा नम्बर –१२ सुर्खेत रोडबाट सोमबार साँझ बाँके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका(१८ कारकादो बस्ने ३० वर्षीय हरि वली र ३१ वर्षीय विवाद पाठक रहेका छन् ।

मानन्धरलाई पूर्व रिसीईवी लिई रिगल ढकाल समूहले धारिलो हरियार खुडा प्रहार गरी २०७२ आसार २८ गते हत्या गरेको थियो । उच्च अदालत तुल्सीपुर नेपालगंजको २०७६ फागुन २८ गते फैसलाले जन्म कैद सजाय भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

नेपालगंज लगायत बाँके जिल्लामा हुने ठेक्का पट्टा, व्यवसायीहरुबाट असुल्ने रकमको विषयमा भएको विवादको कारण मृख्य योजनाकार बाँके साविक नेपालगंज–५ बस्ने योग ढकाल भन्ने रिगल ढकाल समेतले नेपालगंज सुर्खेत रोडस्थित होटल स्वस्तिक होटल नजिक एक्लै रहेको अवस्थामा खुँडा प्रहार गरी मानन्धरको हत्या गरेका थिए ।

घटनामा संलग्न १५ जनामध्ये हालसम्म पक्राउ परेका १२ जना पक्राउ परेका छन् भने फरार ३ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..