मोटरसाइकल चोरी तथा बिक्री वितरण गरेको अभियोगमा तिन जना पक्राउ


भक्तपुर । समोटरसाइकल चोरी तथा विक्री वितरण गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका-४ बस्ने २५ वर्षीय राजन लामा, नुवाकोट दुप्चेश्‍वर गाउँपालिका-५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-१ विरुवास्थित विन्दबासिनी मोटरसाइकल वर्कसप संचालक २९ वर्षीय सुनिल तामाङ र पर्सा वीरगंज राधेमाई नगरपालिका-६ घर भएका सोही वर्कसपका संचालक २० वर्षीय पप्पु पटेल रहेका छन् ।

गत शुक्रबार सूर्यविनायक नगरपालिका-१ सिरुटारमा राजन सवार बा. ९५ प ६४०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त मोटरसाइकल चोरीको भएको खुलेको हुँदा राजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा बा. ७२ प ७९४९ नम्बरको मोटरसाइकल समेत उनीहरुले नै चोरी गरी सोही ठाउँ विरुवास्थित सुनिल र पप्पु पटेलको विन्दबासिनी मोटरसाइकल वर्कसपमा बिक्री गरेको खुल्न आएको थियो ।

उक्त नम्बरको मोटरसाइकलहरु महानगरीय प्रहरी वृत्त नयाँबानेश्‍वर काठमाडौंको वडा एरियाबाट चोरी गरेको भन्ने खुल्न आएकोले उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्‍वर काठमाडौंमा बुझाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..