कार्यकाल सफल बनाएर कंचनपुरबाट बिदा भए प्रहरी उपरीक्षक मुकुन्द मरासिनी

  • एक वर्षमा २ सय २७ फरार अपराधी पक्राउ गर्न सफल कंचनपुर प्रहरी
  • एक वर्षमा रु.१ करोड २५ लाख २५ हजार २ सय ५५ रुपैयाँ मूल्य बराबरको अवैध सामान पक्राउ गर्न कंचनपुर प्रहरी सफल

कंचनपुर। शान्ती सुरक्षाको दृष्टिकोणले अत्यन्तै चुनौतीपूर्ण मानिएको कंचनपुर जिल्लामा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले आफ्नु १३ महिना कुशलतापुर्वक बिताउनुभएको छ । जिल्लाका प्रिय प्रहरी प्रमुखका रूपमा मात्रै होईन आफ्नु छुट्टै पहिचान समेत बटुल्न सफल हुनु भएका एसपी मरासिनी एक ब्यावसायीक, निष्ठावन र सदाचार प्रहरी अधिकृतका रूपमा समेत रहेको चर्चा प्रहरी भित्रभित्रै हुने गर्छ ।

प्रहरी संगठनप्रति दाग आउन दिनुहुन्न, संँगठनको ओहोदा र पदिय मर्यादाको सदैव ख्याल गर्नुपर्छ । इमान्दारीतालाई कहिल्यै मर्न दिनुहुन्न भनी विशेष जोड दिदै आएका उहाँलेे आइजी साबबाट भएको निर्देशिकाको सदैव अक्षरंश पालना गर्दैआउनु भएको छ । आइजी साब र गृहमन्त्री ज्युको निर्देशनलाई पालना गर्ने म एउटा सिपाही मात्रै हुँ भन्नुभएको संगठनको आस्थाप्रति सदैव चल्दै आउनु भएका उहाँले जनताको आड भरोसालाई कहिल्यै मर्न दिनुभएनन् ।

सदैव कानुनको दायरा र ओहोदामा रही अघि बढ्ने उहाँ कंचनपुर आएपछि झन् शिखरको चुचुरोमा पुग्नु भयो । अन्यायमा परेकालाई न्याय दिने, दिन दु:खीको सहारा बन्न पाउँदा आनन्दित मात्रै हुनुभएको छैनन् की प्रफुल्लित समेत हुनुभयो । जागीरको यो दौरानमा उहाँ कयौं ठाउँमा सरुवा हुनुभयो । जहाँ बसेपनि जनताको जनताको सेवा गर्नुभयो । उहाँले कंचनपुर आएर पनि धेरै उपलब्धिमूलक कार्य गर्नुभयो ।


१३ महिना अघि कंचनपुर जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक मरासिनीले निर्मला हत्याकाण्ड पछि चुनौतीपूर्ण रहेको जिल्लाको सुरक्षा व्यवस्थालाई मजबुत गर्दै शान्ती सुरक्षा कायम गरि जिल्लामा भईरहने अपराधिक गतिविधि कम गरे । `मुस्कान सहितको नागरिक सेवा ‘भन्ने मुल नारालाई आत्मसाथ गर्दै स्वयं  अहोरात्र खटिएर  उनले  आफ्नो कर्तव्य निर्वाह गरिरहे । 

एक वर्ष भित्रमा विभिन्न अपराधमा संलग्न लामो समयदेखि फरार रहेका २ सय २७  जना अपराधीहरु पक्राउ गरि कारागार चलान गर्न उनी सफल भए। कंचनपुर प्रहरी को अनुसन्धानलाई आधुनिक प्रविधी सङ्ग जोड्दै अनुसन्धान प्रतीको सकारात्मक दृष्टिकोण, संस्थागत पारदर्शीता राख्न र अनुसन्धानलाई प्रभावकारी बनाउने उदेश्यले महेन्द्रनगर बजार परिसरमा प्रहरी उपरीक्षक मरासिनीकै पहलमा  ८० सिसिटिभी क्यामेरा जडान गरेका हुन ।  साथै अपराध अनुसन्धान एवं ट्राफिक व्यवस्थापनका लागि ६ थान गोब्रो क्यामेरा र मापसे चेक गर्ने अत्याधुनिक  मेसिन ३ थान ब्रेथलाईजर खरिद गरि प्रहरी सेवालाई सरल बनाईएको प्रहरी उपरीक्षक मरासिनीले सुरक्षा खबरलाई जानकारी दिए । 

विभिन्न किसिमका अपराधमा संलग्न अपराधीहरुलाई उनले ७२ घण्टा देखि १४ दिन भित्रमा स्वयं आफै खटिएर अपराधीलाई कानूनी कठघरामा उभ्याई पीडितलाई न्याय दिनमा सफलता प्राप्त गरेको समेत बताए । 

यति मात्रै नभई प्रहरी प्रमुखकाे जिम्मेवारी सम्हालेका मरासिनि नेतृत्वको कंचनपुर प्रहरीले एक वर्ष भित्रमा रु.१ करोड २५ लाख २५ हजार २ सय ५५ रुपैयाँ मूल्य बराबरको अवैध सामान पक्राउ गरि राजस्व समेत संकलन गरेको छ । यिनै प्रहरी प्रमुखको कुशलताले गर्दा यातायात कर्यालय कैलालीको नक्कली छाप बनाई नक्कली सवारी दर्ता किताब  बनाएर प्रयोगमा ल्याइएका १५ थान मोटरसाइकल सहित १६ जनाको अपराधिक गिरोह समात्न सफल भएको थियो ।गत फाल्गुन १४ गते राती शुक्लाफाँटा नगरपालिका ११ मा भएको भण्डारि दम्पति हत्या प्रकरण, असोजमा भएको शुक्लाफाँटा नगरपालिका ०८ मा देवरले गरेको भाउजू काली खुनाको हत्या प्रकरण र यहि पौष ११ गते राती पुनर्वास नगरपालिका ०१ बस्ने खण्टी भुल हत्या प्रकरण जस्ता जघन्य अपराधमा संलग्न अपराधिहरुलाई पक्राउ गर्न कंचनपुर प्रहरी सफल भएको हो जसले गर्दा नागरिकहरुले सुरक्षाको प्रत्याभुती गर्न पाएका छन ।

रहस्यमय हत्या भएको खण्टि भुलका हत्यारालाई ६ दिनमै  एसपी मरासिनी नेतृत्वको टोलिले प्रमाण सहित पक्राउ गरेपछी मृतक भुलका छोरा मोतिसिंह भुलले अहोरात्र खटिएर सफल अनुसन्धान गर्ने एसपी मरासिनीका कारण आफुले न्याएको पाएको बताएका छ्न ।

यसरी अपराधीक क्रियाकलापमा संलग्न अपराधीहरु  पक्राउ पर्दा पीडितले पनि समयमै न्याय पाएका छ्न ।

यसै गरि एसपी मरासिनी नेतृत्वको कंचनपुर प्रहरीले वर्ष भित्रमा २० केजि चरेस, लगभग ४०० ग्राम खैरो हेरोईन,३६५ नाईट्राभेट र २०० एम्पुल फेनारगन जस्ता लागुऔषध समेत पक्राउ गरेको एसपी मरासिनीले बताए ।  

सबैसंग निकै खुलेर बोल्ने मिलनसार स्वभाव सङ्गै प्रहरीको नेतृत्व सम्हालेर मुस्कान सहित नागरिकको सेवामा अहोरात्र खटिने प्रहरी प्रमुख हुन एसपी मरासिनी । 

अपराध नियन्त्रण र निर्मुल पारी सभ्य समाजको निर्माणमा महत्त्वपूर्ण भुमिका समाज नै रहेको उनले बताए । उनले भने; “कुनैपनि घटना समाजमा घट्छ।अपराधी देख्ने पहिलो साक्षी समाज नै हो त्यसकारण जब अपराधिक क्रियाकलापका विरुद्ध नागरिक बोल्छ तब मात्रै हामी चाहेको समाजको परिकल्पना गर्न सक्छौ र अपराधलाई जरैबाट उखेल्न सक्छौ ।”

उनले थप्दै भने;“पारिवारिक,सामाजिक र हाम्रो सक्रियताले मात्रै हामी अपराधी सम्म पुग्न सक्छौ, यसको एउटा उदाहरण हो  खण्टि भुलको रहस्यमय हत्या प्रकरण । अपराधी सम्म पुग्न त्यहाँ कुनै प्रमाण थिएन तर समाज, परिवारको र हाम्रो सक्रियताले मात्रै हामी अपराधी सम्म पुग्न सफल भयौं।”

पीडितलाई न्याय दिनका लागि प्रहरीले न्युट्रल रहेर काम गर्नुपर्ने  उनको भनाई रहेको छ। न्युट्रल रहेर नै काम गरेका कारण आफु वर्षभरीका मुद्दामा विवादरहित रहेको समेत उनले प्रष्ट पारे ।
साथै बालिका निर्मला पन्त हत्या प्रकरणको समाधान हुन नसकेकोमा दुख व्यक्त गरेका छ्न भने प्रहरीले एक दिन उक्त घटनामा संलग्न दोशीलाई कानुनी कठघरामा उभ्याउने र निर्मला लाई  न्याय दिने कुरामा आफू विश्वस्त रहेको बताए ।

जिल्लाकाे शान्ति सुरक्षाका विषयमा र जिल्लालाई अपराध रहित जिल्ला बनाउने उदेश्यका साथ आएका उनले शान्ती सुरक्षा मात्रै होइन कंचनपुर जिल्ला प्रहरी कार्यालयलाई भौतिक रूपमा पनि व्यवस्थित बनाएका छ्न । उनकै नेतृत्वमा जिल्ला प्रहरी कार्यालयलाई सुरक्षीत र व्यवस्थित गर्न कार्यालय परिसरमा पर्खाल निर्माण भईरहेको छ भने एसपी मरासिनी कै पहलमा ईलाका प्रहरी कार्यालय लालझाँडीका लागि जग्गा व्यवस्थापन समेत गरिएको बताए ।

यसरी अनुसन्धानलाई प्रविधि सङ्ग जोडि जिल्लाभित्र हुने विभिन्न किसिमका अपराधलाई कम गरि शान्ती सुरक्षा कायम राख्न एसपी मरासिनीको महत्वपूर्ण भुमिका रह्यो।

मंगलबार प्रहरी प्रधान कार्यालयले ३० जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ जसमा एसपी मरासिनी समेत रहेका छ्न । मंगलबार  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा उनको सरुवा भएको हो । संगै कंचनपुरमा नयाँ प्रहरी प्रमुखको रुपमा एसपी उमाप्रसाद चतुर्बेदी आउने भएका छ्न ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..