सशस्त्र प्रहरीद्वारा पाँच लाखको समान बरामद

सिरहा । सिरहा नगरपालिका वडा नम्बर – १७ स्थित सीमा ईलाकाबाट पुस २६ गते सशस्त्र प्रहरीले करीव तीन लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा भन्सार कार्यालय मार्डर सिरहामा बुझाईएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्टले जनाएकाे छ ।

रौतहटमा सशस्त्र प्रहरीले चोरीपैठारीको सामानसहित पक्राउ रौतहट जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट पुस २६ गते एपीएफ टोलीले करीव एक लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामानसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको गरुडा नगरपालिका ५ बस्ने ३७ वर्षीय झगडु राय रहेकाे सशस्त्र प्रहरी बलले जनाएकाे छ । ना १ ज ३२९६ नम्बरको टेल्को पिकअप गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा निज रायलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले उक्त सामानसहित पक्राउ गरेको हो ।

त्यसवेला सशस्त्र प्रहरी टोलीले सामान ल्याउन प्रयोग भएको सो गाडी समेत बरामद गरेको छ । पक्राउ परेका रायलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरी बलले जनाएकाे छ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..