नक्कली भ्याट बिल प्रकरण : बाराका जगदीश सहनी मलाहसहित सात जनाविरूद्ध अदालतमा मुद्दा दर्ता

वीरगञ्ज । बाराको शिवम् ट्रेडर्स एण्ड सप्लायर्स विरुद्ध राजश्व अनुसन्धान विभागले बिगो माग गर्दै मुद्दा दर्ता गरेको छ ।

शिवम् ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक एवम् प्रोप्राइटर जगदीश सहनी मलाहसहित ७ जना विरुद्ध राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा ४ करोड ७९ लाख ६९ हजार ४४७ रुपैयाँ बिगो माग्दै मुद्दा दायर गरेको हो ।

राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा देशका विभिन्न व्यापारिक फर्म तथा त्यसका सञ्चालकलाई १९ करोड ९६ लाख रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गर्दै बिहीबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । सोही प्रकरणमा बाराका मलाहपनि मुछिएका छन् ।

विभागले ललितपुर वडा नम्बर २ को कविला सप्लायर्स सेन्टरका प्रोप्राइटर नवलकिशोर चौधरीसँग २ करोड १४ लाख ३० हजार २३८ रुपैयाँ बिगो मागेको छ । चौधरी भारती घर भई ललितपुर-२ सानेपा बस्छन् ।

शिवम् प्याकेजिङ सप्लायर्पकी प्रोप्राइटर सीतादेवी जैसवालसँग ५ करोड ८८ लाख ६५ हजार ९१९ बिगो मागेको छ । उनी जनकपुरकी हुन् ।

काँडाघारीको गौतम सप्लाषर्सका प्रोप्राइटर मुकेशकुमार चौधरीसँग ५ करोड ३२ लाख १६ हजार १८८ रुपैयाँ बिगो मागेको छ । रौतहटका उनी कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा बस्छन् ।

यी कम्पनीले नक्कली कर बिजक देखाएर सोहीअनुसार आयकर, मूल्य अभिवृद्धि कर छलि गरेको पाइएको विभागले जनाएको छ ।

यस्तै, पोखरा महानगरपालिका वडा नम्बर २२ को अनुस्का मल्टिप्रप्रोज कम्पनीका प्रोप्राइटर शिवलाल तिम्सिनासहित ३ जनासँग १ करोड ८२ लाख ५३ हजार ४६१ रुपैयाँ बिगो मागेर मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..