सवारी दुर्घटना दुई जनाको मृत्यु


बिराटनगर । धनकुटा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आज बिहान साँढे ९ बजेको समयमा धनकुटा नगरपालिका-७ मा ट्याक्टरको ट्रलीले लागेर धनकुटा नगरपालिका-८ की १५ बर्षीया बालिका रेबिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रदेश १ १-०२-००३ त ६१२ नम्बरको ट्याक्टरले बालुवा अनलोड गर्ने क्रममा ट्याक्टर अनियन्त्रीत भई पल्टिएर उक्त ट्रलीले बिद्यालय जाँदै गरेकी राईलाई ठक्कर दिंदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको हो ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका-६ मा ट्याक्टरले साईकललाई ठक्कर दिंदा साईकलको पछाडी सवार रहेकी गंगा श्रेष्ठको ६ बर्षीया छोरी तृसा श्रेष्ठको मृत्यु भएको छ ।

आज बिहान पौने १२ बजेको समयमा को १ त ७०३९ नम्बरको ट्याक्टरले साईकललाई ठक्कर दिंदा घाईते भएकी बालिकाको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा दिउँसो सवा १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..