विशेष क्यामेरा जडित ट्राफिक ‘सर्भिलेन्स भेइकल’ परिचालन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरि कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आजदेखि परिचालन गरेको छ ।

उपत्यकाको व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरुमा हुने तिब्र गतिलाई नियन्त्रण गर्न आइतबारदेखि सीसीटीभी क्यामराजडित भेइकल परिचालन गरिएको हो।
कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले माईक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटीभी क्यामेराले करिब २०० मिटर सम्मको दृश्यलाइ कैद गर्न सकिन्छ बताउनुभयो ।


पिक आवरमा सवारी चाप (जाम) हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लङघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने बताउनुभयो । भ्यानमा खटिने ५ जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिबिधिहरुलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रबिधि जडान गरेको छ ।
यसले ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण सहयोग गर्ने र आम चालकहरुलाई प्रमाण सहित कारबाही गर्न र थप सचेत जगाउन सहयोग हुने अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..