चीनमा १ सय१९ कोरोना संक्रमित भेटिएपछि १ करोड १० लाख मानिस लकडाउनमा

बेइजीङ (बीबीसी) । चीनको उत्तरी सहर सिजियाझुआङ्मा १२० जनामा कोरोनाभाइरस देखिएपछि एक करोड १० लाख मानिसलाई कडा लकडाउनमा राखिएको छ । त्यहाँका बासिन्दाहरूलाई सहर छोड्न प्रतिबन्ध लगाइएको छ र विद्यालयहरू बन्द गरिएको छ ।

सबै नागरिकलाई परीक्षण गर्न ५,००० भन्दा बढी परीक्षण स्थलहरू खडा गरिएको छ ।
यो सङ्क्रमण सङ्ख्या चीनमा पाँच महिनायता सबैभन्दा बढी हो । के कोरोना भाइरस नियन्त्रणका लागि बनाइएका नियम र मापदण्ड हटेका हुन् ।

उक्त सहर रहेको हेवेई प्रान्तमा बिहवार १२० जनामा सङ्क्रमण पुष्टि भएको थियो । ती मध्ये ११९ जना सो सहरका थिए । चीनमा बिहीवार अन्यत्र जम्मा २२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । लकडाउन चिनियाँ नयाँ वर्षको केही साता अघि भएको छ । नयाँ वर्षको छुट्टीको समयमा चिनियाँहरू घुम्न निस्कने गर्छन् ।

धेरै सङ्क्रमित भेटिएको गाओचेङ् क्षेत्रका मानिसहरूलाई स्थानीय बजारबाहेक अन्यत्र जान र अन्य सहरबासीलाई सहर छोड्न प्रतिबन्ध लगाइएको हो । सिजियाझुआङ्का पाँच अस्पताललाई कोभिड–१९ को उपचारको लागि खाली गरिएको र अन्य तीनलाई तयारी अवस्थामा राखिएको बताइएको छ ।

यसैविच अस्ट्रेलियाको सहर ब्रिसबेनमा एक जनामा कोरोनााइरसको सङ्क्रमण भेटिएपछि तीन दिनको लकडाउन घोषणा गरिएको छ । क्वारन्टीनस्थल रहेको होटलको एकजना सरसफाइ कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो । उनलाई अत्यधिक सङ्क्रामक नयाँ प्रकारको भाइरस सङ्क्रमण भएको बताइएको छ । अस्ट्रेलियामा क्वारन्टीनस्थल बाहिर नयाँ प्रकारको भाइरसको सङ्क्रमण भेटिएको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..