चीनमा १ सय१९ कोरोना संक्रमित भेटिएपछि १ करोड १० लाख मानिस लकडाउनमा

बेइजीङ (बीबीसी) । चीनको उत्तरी सहर सिजियाझुआङ्मा १२० जनामा कोरोनाभाइरस देखिएपछि एक करोड १० लाख मानिसलाई कडा लकडाउनमा राखिएको छ । त्यहाँका बासिन्दाहरूलाई सहर छोड्न प्रतिबन्ध लगाइएको छ र विद्यालयहरू बन्द गरिएको छ ।

सबै नागरिकलाई परीक्षण गर्न ५,००० भन्दा बढी परीक्षण स्थलहरू खडा गरिएको छ ।
यो सङ्क्रमण सङ्ख्या चीनमा पाँच महिनायता सबैभन्दा बढी हो । के कोरोना भाइरस नियन्त्रणका लागि बनाइएका नियम र मापदण्ड हटेका हुन् ।

उक्त सहर रहेको हेवेई प्रान्तमा बिहवार १२० जनामा सङ्क्रमण पुष्टि भएको थियो । ती मध्ये ११९ जना सो सहरका थिए । चीनमा बिहीवार अन्यत्र जम्मा २२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । लकडाउन चिनियाँ नयाँ वर्षको केही साता अघि भएको छ । नयाँ वर्षको छुट्टीको समयमा चिनियाँहरू घुम्न निस्कने गर्छन् ।

धेरै सङ्क्रमित भेटिएको गाओचेङ् क्षेत्रका मानिसहरूलाई स्थानीय बजारबाहेक अन्यत्र जान र अन्य सहरबासीलाई सहर छोड्न प्रतिबन्ध लगाइएको हो । सिजियाझुआङ्का पाँच अस्पताललाई कोभिड–१९ को उपचारको लागि खाली गरिएको र अन्य तीनलाई तयारी अवस्थामा राखिएको बताइएको छ ।

यसैविच अस्ट्रेलियाको सहर ब्रिसबेनमा एक जनामा कोरोनााइरसको सङ्क्रमण भेटिएपछि तीन दिनको लकडाउन घोषणा गरिएको छ । क्वारन्टीनस्थल रहेको होटलको एकजना सरसफाइ कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो । उनलाई अत्यधिक सङ्क्रामक नयाँ प्रकारको भाइरस सङ्क्रमण भएको बताइएको छ । अस्ट्रेलियामा क्वारन्टीनस्थल बाहिर नयाँ प्रकारको भाइरसको सङ्क्रमण भेटिएको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..