उत्तर कोरियाद्वारा परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा

एजेन्सी । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गर्नुभएको छ ।उहाँले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताउनुभएको छ । उत्तर कोरियाका लागि अमेरिकी सत्तामा आउने फेरबदलले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमले बताउनुभएको छ ।

सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गर्नुभएको छ ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्न केही दिन बाँकी रहेका समय नेता किमको टिप्पणी आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

आउँदै गरेको अमेरिकी नयाँ प्रशासनमाथि दबाब बढाउनका लागि किमले यस्तो टिप्पणी गरेको विश्लेषकले बताएका छन् ।

बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै हुनुहुन्छ ।

नेता किम र बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने विषयमा पटक पटक शिखर वार्ता भएपनि यसले उत्तर कोरिया र अमेरिकी सम्बन्धमा सुधार ल्याउन असफल बनेको थियो ।

वर्कर्स पार्टीको आठौँ कंग्रेसलाई नेता किमले सम्बोधन गर्दै शत्रुशक्तिले आफूविरुद्ध आक्रमण नगरेसम्म परमाणु हतियारको प्रयोग भने नगर्ने बताउनुभएको छ । यस सम्बन्धमा अमेरिकाले तत्काल कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..