प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने युवा पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ विजेश्‍वरी पुलस्थित डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रे तिमाल गाउँपालिका-७ घर भएका २८ बर्षीय चन्द्र तामाङ रहेका छन्। १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने तामाङलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हाे।

प्रदेश नम्बर ३-०२-०१७ प ७९६८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङले मादक पदार्थ सेवन गरेका कारण प्रहरीलाई उक्त रकम दिने खोजे पश्चात प्रहरीले उनलाई उक्त रकम सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..