प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने युवा पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ विजेश्‍वरी पुलस्थित डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रे तिमाल गाउँपालिका-७ घर भएका २८ बर्षीय चन्द्र तामाङ रहेका छन्। १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने तामाङलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हाे।

प्रदेश नम्बर ३-०२-०१७ प ७९६८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङले मादक पदार्थ सेवन गरेका कारण प्रहरीलाई उक्त रकम दिने खोजे पश्चात प्रहरीले उनलाई उक्त रकम सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..