प्रम ओलीका सेनालाई पराजुलीको ब्यंग्य,प्रतिगमनका छोराछोरीले प्रतिगमनलाई प्रतिगमन भन्दैनन्,‘बा’भन्छन्

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ५ पुस २०७७ मा असंवैधानिक रुपमा प्रतिनिधिसभा बिघटन गरी अकंटक सत्तामा बस्न ग्य्राण्ड डिजाइनका साथ अगाडि बढेपछि त्यसको चौतर्फी बिरोध हुँदैआएको छ । संविधानमा सरकार बन्ने बिकल्प हुँदासम्म प्रतिनिधिसभा बिघटन गर्ने अधिकार सरकारलाई छैन भनेर आफ्नो राय ब्यक्त गर्न समेत नागरिकलाई निषेध गर्ने खालको दम्भी अभिब्यक्ति प्रधानमन्त्रीले प्रकट गर्न थालेका छन् ।

स्वयं प्रधानमन्त्री ओलीले भने प्रतिनिधिसभा पुनस्थापना हुनै सक्दैन, पुनस्र्थापना किन गर्ने ? तमासा देखाउन भनेर अदालतमा विचाराधनी मुद्दालाई सोझै हस्तक्षेप हुनेगरी अभिब्यक्ति दिएका छन् । तर चार पूर्व प्रधानन्यायाधीशले संविधानमा प्रतिनिधिसभा बिघटन गर्ने ब्यवस्था छैन भनेर आफ्नो धारणा सार्वजनिक गर्दा उनले ‘एकपटक अदालतमा जागिर खाएको भरमा बाहिर आएर जथाभावी नबोल्न चेतावनी दिएका छन् । उनको भनाइ थियो, ‘पोहोर, परार जागिर खाएको थिएँ र अहिले पनि जागिर खाएको छु भन्ने नठाने हुन्छ ।’

प्रधानमन्त्री पदको गरिमा नै बिर्सेर ओलीले नागरिकको अभिब्यक्ति स्वतन्तत्रतालाई संकुचित गर्न खोजेका छन् । ओलीले अदालतबाट संसद पुनस्थापना हुनैसक्दैन भन्न मिल्ने तर अरुले संविधानको कुरा समेत गर्न निषेध गर्ने ढंगले ओली अगाडि बढेका छन् ।

प्रधानमन्त्री ओलीले ५ बर्षसम्म भंग गर्न नपाउने प्रतिनिधिसभा भंग गरी संविधानलाई धुजाधुजा त पारेकै छन्, उनले त्यो संविधानमा भएको अभिब्यक्ति स्वतन्त्रताको पनि खिल्ली उडाएका छन् । ओलीलाई बा भन्ने महेश बस्नेत लगायतका अन्धभक्तहरुले त पूर्व प्रधानन्यायाधीहरुलाई साइबर सेना प्रयोग गरी गालीगलौज र धम्कीका भाषा प्रयोग गर्ने क्रमलाई तीव्रता दिएका छन् ।

महेश बस्नेतले केही दिनअघि साइबर सेनाका माध्यमबाट सबैलाई ठेगान लाउने धम्की दिएका थिए । राज्यशक्तिको दुरुपयोग गरी फेक आइडी खोलेर नेकपा प्रचण्ड–माधव समूहको बिरुद्ध गालीगलौज गर्ने काम पनि यही समूहले गर्दैआएको छ ।

यस्तो अवस्थामा लोकतन्त्र बहालीमा अग्रपंक्तिमा डटेका कवि अर्जुन पराजुलीले ओलीको प्रतिगमनलाई सटिक ब्ंयग्य गरेका छन् । कवि पराजुलीले लेख्छन्–‘प्रतिगमनका छोराछोरीले प्रतिगमनलाई प्रतिगमन भन्दैनन् ‘बा’ भन्छन् ।’

कवि पराजुलीको यो पंक्ति अहिले सामाजिक संजालमा भाइरल छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..