लागुऔषध ब्राउनसुगर र ट्याव्लेट सहित ६ जना पक्राउ


बिराटनगर । १ नम्बर प्रदेशका झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानबाट शनिवार दिउँसो नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो दमक नगरपालिका-७ का ३६ बर्षीय किसन अग्रवाललाई ३ ग्राम १६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिराटनगर-१४ जतुवाबाट पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मे १ च २८६२ नम्बरको कारमा सवार रहेका अग्रवाललाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद गरेको थियो ।

यसैगरी बिराटनगर महानगरपालिका-१६ दरैया वस्तीबाट लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका-१५ का २१ बर्षीय बिशाल बि.क., धरान-२ का २६ बर्षीय बिकाश कट्वाल, रामधुनी नगरपालिका-५ का ४२ बर्षीय रमेश लिम्बु र बराह नगरपालिका-५ का २० बर्षीय निकेश श्रेष्ठलाई लुपिजेसिक-१६ एम्पुल , फेनारगन-१६ एम्पुल र एभिल-१६ एम्पुल सहित शनिवार दिउँसो पक्राउ गरेको हो ।

यस्तै झापाको मेचीनगर नगरपालिका-१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ बर्षीय अनिल सहनीलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित शनिवार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..