प्रहरी : क–कसलाई नयाँ जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवा गरिएका अधिकृतलाई पदस्थापना गरिएको छ ।

बढुवा समितिले पुस १३ मा गरेको सिफारिसअनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बुधवार ९ जना डिआईजीको पदोन्नति र पदस्थापना गरेका हुन ।नियुक्त भएका डिआईजीहरुलाई बिहिबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फुली लगाइदिए ।

गृह (मन्त्रालयले प्रदेश समन्वय निर्देशनालयको जिम्मेवारी गणेश ऐरलाई दिएको छ । डिआईजीको दरबन्दी थप गर्ने पछिल्लो निर्णयसँगै सो निर्देशनालय स्थापना गरिएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा डा. देवबहादुर बोहरालाई पदस्थापना गरिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा प्रकाश अधिकारी, महानगरीय प्रहरी कार्यालयमा उमेश रञ्जितकार, अन्वेषण योजना तथा विकास निर्देशनालयमा मुकुन्दराज आचार्य र कार्य विभागमा दिवेश लोहनीलाई पदस्थापना गरिएको छ ।

अपराध अनुसन्धान विभागमा राजेशलाल कर्ण, प्रबन्धमा पुरुषोत्तम कँडेल र साईबर ब्यूरोमा रामकृपाल शाहलाई पदस्थापना गृहमन्त्रालय स्रोत ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..