प्रहरी : क–कसलाई नयाँ जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवा गरिएका अधिकृतलाई पदस्थापना गरिएको छ ।

बढुवा समितिले पुस १३ मा गरेको सिफारिसअनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बुधवार ९ जना डिआईजीको पदोन्नति र पदस्थापना गरेका हुन ।नियुक्त भएका डिआईजीहरुलाई बिहिबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फुली लगाइदिए ।

गृह (मन्त्रालयले प्रदेश समन्वय निर्देशनालयको जिम्मेवारी गणेश ऐरलाई दिएको छ । डिआईजीको दरबन्दी थप गर्ने पछिल्लो निर्णयसँगै सो निर्देशनालय स्थापना गरिएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा डा. देवबहादुर बोहरालाई पदस्थापना गरिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा प्रकाश अधिकारी, महानगरीय प्रहरी कार्यालयमा उमेश रञ्जितकार, अन्वेषण योजना तथा विकास निर्देशनालयमा मुकुन्दराज आचार्य र कार्य विभागमा दिवेश लोहनीलाई पदस्थापना गरिएको छ ।

अपराध अनुसन्धान विभागमा राजेशलाल कर्ण, प्रबन्धमा पुरुषोत्तम कँडेल र साईबर ब्यूरोमा रामकृपाल शाहलाई पदस्थापना गृहमन्त्रालय स्रोत ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..