पार्टी फुट्नु र संसद विघटन दुवै प्रतिगमन हो : वाइवा


लहान । नेकपा फुटको मुख्य कारण माधव—प्रचण्ड र केपी ओलीबीच भागबन्डा नमिलेकोले कम्युनिष्ट जनताले अहिले दुख पाएको हो ।


नेकपा प्रदेश २ का सदस्य विष्णुलाल वाइवाले पुस २५ गते नेकपा कर्जन्हा नपा अगुवा कार्यकताद्धारा आयोजित जयगोविन्द साहको ३१ औं स्मृति मनाउँदै उहाँले यो दुर्घटनाको जिम्मेवारी प्रचण्ड र ओलीले लिनुपर्छ । अहिले पनि नेकपा औपचारिक रुपमा फुटेका छैन । केन्द्रीय कमिटीमा दुवैको नाम दुवैतीर रहेको उहाँले बताउँनुभयो ।


वाइवाले यो अवस्थामा पार्टी फुट्नु दुर्भाग्य हो भन्दै पार्टी एकता गर्नुपर्छ । एउटा संसद विघटनले पार्टी फुट्नु दुर्भाग्य हो । पार्टी फुट्नु र संसद विघटन दुवै प्रतिगमन हो । यसका दोषीलाई वाइपास गरेर नयाँ नेतृत्व ल्याएर पार्टी एकतामा जोड दिनुपर्ने उहाँले बताउँनुभयो ।


एउटा खुकुरीले भिरे, अर्कोले बन्दुक नै पड्काएर पार्टी टुक्रा पारिदिए । हतियारको सहारामा प्रचण्ड र ओलीले पार्टी फोडेकाले नयाँ नेतृत्व ल्याएर एकता गर्नुपर्ने आजको आवश्यकता रहेको वाइवाले बताउँनुभयो ।


कम्युनिष्ट नेता चन्देश्वर राउतका सभाध्यक्षतामा भएको सो कार्यक्रममा नेकपाका जिल्ला सदस्य फुलगेन नायकले किसान आन्दोलनको क्रममा सहादत प्राप्त गरेका जयगोविन्द साहलगायत सहिदहरुको सपना पुरा नहुन्जेलसम्म पार्टी एकताको जरुरी रहेको बताउँनुभयो ।


यो संसद विघटनले नयाँ जनादेश दिएको हो । त्यसैले निर्वाचनको तयारीमा जुट्नु भन्दा पार्टी पूर्नएकतामा जोड दिनुपर्ने उहाँ नायकले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..