सशस्त्री प्रहरीमा २१ एसएसपीहरु का पद रिक्त

काठमाडौं । सशस्त्र प्रहरी बलमा एआइजी सहितका अदर्जनौ अधिकृतहरु एकैसाथ ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश हुदै छन् । अवकाश पाउनेमा एआईजीदेखि डिएसपीसम्मका अधिकृतहरु छन् । उनीहरु ०५८ सालमा सेवा प्रहरीमा गएका थिए ।

अनिवार्य अवकास पाउनेमा एआईजी नारायणबाबु थापा समेत छन् । त्यस्तै अनिवार्य अवकाश पाउने एसएसपीहरुमा इन्द्रराज कार्की, जयबहादुर खड्का, नेत्रकुमार खत्री, प्रेमराज पोखरेल, प्रकाश श्रेष्ठ, शान्तिकुमार कार्की, श्याम कोइराला, सुदेशकुमार गुरूङ र राजेन्द्रकुमार अधिकारी रहेका छन् ।

त्यसैगरी एसपीहरुमा मातृकाप्रसाद कोइराला, ओजेश ओली, प्रेमध्वज शाह, गाहारधन राई, सोमबहादुर गुरुङ, राजु पाँडे, समरबहादुर श्रेष्ठ, कृष्णप्रसाद कोइराला, खेमबहादुर थापा, तुलसिराम दाहाल, रोशन श्रेष्ठ, बसन्तकुमार वोगटी, दिलबहादुर पन्थ, दलबहादुर श्रेष्ठ, तारिक चन्द चैधरी, अर्जुन प्रसाद सापकोटा अजयकुमार छत्कुली, भरत बस्नेत, जीवनबहादुर भण्डारी, डिल्लीकुमार कार्की, प्रकाश कुमार माझी, रूमबहादुर कार्की, शंकरकुमार पोख्रेल, जगदिश प्रसाद थारू, उपेन्द्रबहादुर बुढा क्षेत्री रहेका छन् ।

सशस्त्रले अघिल्लो साता मात्रै ६ जना एसएसपीलाई डिआईजीमा बढुवा सिफारिस गरेको छ सशस्त्रमा एसएसपीमा बढुवाका लागी एसपीमा कम्तिमा चार वर्ष पुरा भएको हुनै पर्ने नियम छ । तर अहिले कोही पनि उक्त नियमावलीभित्र नपर्ने देखिएपछि सशस्त्रमा कायमुकायम बढुवाको तयारी थालिएको छ।

यसरी कायममुकाय बढुवाका लागी ०७५ वैशाख २६ गते बढुवा भएका सि सं. १ को टोली अग्रपंक्तिमा रहेको छन् । त्यसैगरी सिंस २ एसएसपी बढुवाको सूचीमा छन् । अहिले एसएसपीका १० पद रिक्त रहेका भएपनि आगामी माघ १ गतेसम्म रिक्त पद संख्या २१ पुग्ने छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..