लाल सेना भित्र्याउनेतिर प्रम ओलीको ध्यान

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धकालमा सशस्त्र संघर्ष गरेका तर प्रचण्डबाट धोका पाएका लालसेना (जनमक्ति सेना) को प्रसंग उप्काउन थालेका छन् । केही दिनअघि उनले पूर्वजनमुक्ति सेनाका डिभिजन कमाण्डर कालीबहादुर खामका लागि सहानुभूतिमूलक शब्द नै खर्चेका थिए ।

प्रधानमन्त्रीका यी पछिल्ला अभिव्यक्तिले उनको आँखा प्रचण्डसँग रुष्ट जनयुद्धकालीन कमाण्डर, पीडित नेता कार्यकर्तालगायतका लडाकु(लाल सेना) माथि परेको देखिन्छ । प्रचण्डबाट धोका खाएर आजित बनेका यस्ता नेता, कार्यकर्ता तथा लडाकुको संख्या हजारौं रहेकाले तिनलाई भित्र्याउ“दा आफ्नो अरु पार्टी बलियो हुने प्रधानमन्त्रीको हिसाब रहेको श्रोत बताउछ ।

प्रधानमन्त्रीले जनयुद्ध लडेर किनारामा परेका शक्तिलाई आफूतिर तान्न प्रयास गरिरहँदा झण्डै तीन सय पूर्व माओवादी लालसेना ओलीको नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारीमा रहेको थाहा भएको छ ।

सरकारकै एक मन्त्री टोपवहादुर रायमाझीका अनुसार तीन सयभन्दा बढी पूर्वजनमुक्ति सेना ओलीको नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारीमा रहेका छन् । त्यस्ता जनसेनाहरू डिभिजनलगायत विभिन्न तहका भएको बताइएको छ ।

तिनलाई अबको केही दिनमा प्रधानमन्त्रीकै हातबाट टिका लगाएर पार्टीमा भित्र्याउने तयारी ओली नेतृत्वको नेकपाले गरेको समाचार पुगेपछि खुमलटार पनि चनाखो बनेको चर्चा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी..