इन्डोनेशियामा ५९ यात्रु बाेकेकाे विमान दुर्घटना, भग्नावशेष खोजी कार्य जारी

एजेन्सी । इन्डोनेसियामा एक यात्रुवाहक विमान उडेको केही समयमा बेपत्ता भएकाे छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट शनिबार अपराह्न उडेको श्रीविजय एयरको बोइङ–७३७ विमान सम्पर्कविहीन भएकाे केही समयपछि नै दुर्घटनाग्रस्त भएको बताइएकाे छ ।

६ जना बालबालिकासहित ५९ यात्रु लिएर उडेको उक्त विमान देशको पश्चिमी कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटनाग्रस्त भएको उडानहरूको विवरण राख्ने वेबसाइट फ्लाइटरडारडटकमले जनाएकाे छ ।

समाचार एजेन्सीहरूका अनुसार साे विमान उडिरहेकै बेला एक मिनेटभन्दा कम समयमै ३ हजार मिटर तल झरेको थियाे । यद्यपि यसबारे अनुसन्धान थालिएकाे बताइएकाे छ । स्थानीयहरूले केही व्यक्तिहरू पानीमा तैरिइरहेको देखिएको र उनीहरू जीवित हुने आशा क्षीण रहेको बताएका छन् ।

सुकार्नो हात्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार २ बजेर ३६ मिनेटमा उडेको विमान उडेकाे चार मिनेटमै सम्पर्कविहीन भएकाे बताइएकाे छ । भारी वर्षा भइरहेका बेला उक्त उडान भएकाे र विमान समुद्रमा खसेकाे हुनसक्ने अनुमान गरिएकाे छ । विमानमा सवार यात्रुहरूकाे जीवितै उद्धार हुने सम्भावना न्यून रहेको बताइएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..