राष्ट्रपति ट्रम्पले तत्काल पदबाट नहटे महाअभियोग लगाउने सभामुखको चेतावनी

काठमाडौं,। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई तत्कालै पदबाट हट्न दबाब बढेकाे छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पले तत्काल ह्वाइट हाउस छाड्न आग्रह गरेकी छन् ।

ट्रम्पले तत्काल राष्ट्रपति कार्यालय खाली नगरे उनीमाथि महाअभियोग लगाइने चेतावनी सभामुख पेलाेसीले दिएकी छन् । उनीमाथि नछाडे संसदमा आक्रमण गराएको घटनामा अभियाेग लगाउन सकिने पेलाेसीकाे भनाइ छ । स्वेच्छाले नहटे संसदले कारबाही थाल्ने भन्दै पेलोसीले बेलैमा पद त्याग्न चेतावनी दिएकी हुन् ।

न्यान्सीले ट्रम्पले खतरनाक देशद्रोहको काम गरेको भन्दै रिपब्लिकन सांसदहरुले पनि ट्रम्पलाई अब तत्कालै पदबाट निस्कन दबाब दिनुपर्ने बताइन् । हुन त ट्रम्पकाे कार्यकाल यसै पनि जनवरी २० मा सकिन लागेकाे छ । तर उनले सजिलै पद छाड्न अस्वीकार गरेमा र संसद हमलाकाे घटनाजस्तै अन्य घटना दाेहाेरिन सक्ने त्रास समेत फैलिएकाे छ ।

पेलाेसीले भने हालै भएकाे संसद आक्रमणमा संलग्न जाेसुकैमाथि कानुनी कारबाही गरिने जनाएकी छन् । उनले साे घटनाका क्रममा मारिएका एक प्रहरी अधिकारीको सम्मानमा संसदको झण्डा आधा झुकाउन पनि निर्देशन दिएकी छन् । अहिलेसम्म संसद आक्रमणकाे घटनामा १ प्रहरीसहित ५ जनाले ज्नान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..