बजार अनुगमनको के सार्थकता ? व्यापारी तर्साउँने कारोबार

लहान । अनुगमनको नाममा व्यापारीलाई भयवित पार्ने गरेको छ । अखाद्य तथा म्याद गुज्रिएको समाग्री विक्रीवितरण गर्ने पसलेलाई कारवाही नै हुँदैन । प्रहरी प्रशासनले आफ्ना भत्ता चुखियाउँन अनुगमनको आधार तयार गर्छन् । योसँगै व्यापारीहरु तत्काल भयवित बन्ने गरेको स्थानीयको कथन छ ।
सिरहाको लहान, धनगढी, गोलबजारलगायत बजारमा यस्तै अनुगमनले प्रशासनमाथी प्रश्न खडा भएको छ ।

प्रशासनले पूर्व तयारी तथा मिडियासमेतलाई गुमराहमा राखेर अनुगमन गरिरहँदा सार्थकता नपाएको व्यापक गुनासो छ । शुक्रवार हाटबजारका दिन पसलमा ग्राहकको भिड रहेको अवस्थामा सिरहाको लहानमा संयुक्त बजार अनुगम टोलीले बजार अनुगमन गरिएको छ । ईलाका प्रशासन कार्यालय लहानका प्रमुख प्रेम प्रसाद देवकोटाको संयोजकत्वमा शुक्रवार लहान बजारको राधाकृष्ण चौक वरिपरीका मासु लगायत खुद्रा तथा किराना पसलहरुमा अनुगमन गरिएको छ ।

समान खरिद गर्दा बील लिऔं, समानको उत्पादन मिति , उत्पादन नाम , ठेगाना , उपभोग्य अविधि ,परिमाण, तौल आदी उल्लेख नभएका समाग्री खरिद नगरौ लगायतका उपभोक्ताहरुलाई जानकारी दिएर बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादवले बताए । बिभिन्न पसलहरुमा गरिएको अनुगमनबाट करिब ५० किलो अखाद्य बस्तु म्याद गुज्रेका सर–समानहरु नष्ट गरिएको छ ।

उद्योग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोकलाल आमात्य , प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी राजबिराजका अधिकृत सुरेशकुमार सिंह, राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्ता शस्त्र प्रहरी बेश क्याम्प लहानका डिएसपी बिनोद थापा, ईलाका प्रहरी कार्यालय लहानका प्रतिनिधिलगायतको रोहबरमा बजार अनुगमन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..