संवैधानिक इजलासबाट बाहिरिए न्यायाधीश कार्की

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनको सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् ।

संसद विघटनविरुद्ध परेका रिटहरुको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि यसअघिकै स्वरूपमा संवैधानिक इजलास गठन गरेका थिए । जहाँ उनले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकेका थिए ।

विपक्षीहरुको जवाफ आएसँगै आज (बुधबार)बाट सुरु भएको सुनुवाईका क्रममा बरिष्ठ अधिवक्ता शम्भू थापा र दीनेश त्रिपाठीले न्यायाधीश कार्कीको सहभागीतालाई लिएर प्रश्न उठाएका थिए ।

उनीहरुले न्यायाधीश कार्की प्रधानमन्त्री ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यस मुद्दा हेर्दा स्वार्थ बाझिने तर्क गरेका थिए ।

यसैबीच सर्वोच्चले मुद्दाको सुनुवाई संवैधानिक इजलासबाटै हुने र कार्कीको ठाउँमा अर्का न्यायाधीशलाई राख्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..