संवैधानिक इजलासबाट बाहिरिए न्यायाधीश कार्की

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनको सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् ।

संसद विघटनविरुद्ध परेका रिटहरुको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि यसअघिकै स्वरूपमा संवैधानिक इजलास गठन गरेका थिए । जहाँ उनले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकेका थिए ।

विपक्षीहरुको जवाफ आएसँगै आज (बुधबार)बाट सुरु भएको सुनुवाईका क्रममा बरिष्ठ अधिवक्ता शम्भू थापा र दीनेश त्रिपाठीले न्यायाधीश कार्कीको सहभागीतालाई लिएर प्रश्न उठाएका थिए ।

उनीहरुले न्यायाधीश कार्की प्रधानमन्त्री ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यस मुद्दा हेर्दा स्वार्थ बाझिने तर्क गरेका थिए ।

यसैबीच सर्वोच्चले मुद्दाको सुनुवाई संवैधानिक इजलासबाटै हुने र कार्कीको ठाउँमा अर्का न्यायाधीशलाई राख्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..